कैदीको पत्रबाट दंग कुनाल र सलिना « Khabarhub

कैदीको पत्रबाट दंग कुनाल र सलिना


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिल्म ‘कैदीको पत्र’ले आज बिहान काठमाडौँमा विशेष शो गरेको छ । आजै रिलिज फिल्मको पहिलो शो हेरेपछि दर्शक तथा फिल्मकर्मीले फिल्म मन पराएको बताएका छन् । नयाँ कलाकारको काम, नेपाली फिल्ममा विदेशी कलाकार साथै स्कटल्याण्डका मनोरम दृश्यहरुसँगै फिल्मको कथा र प्रस्तुतिलाई दर्शकले रुचाएका छन् ।

सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो फिल्मलाई सनमकुमार बैरागले निर्देशन गरेका हुन् । निर्देशक बैरागले आफूले लामो समय लगाएर बनाएको फिल्ममा दर्शकको रुचि राखेकोमा खुसी व्यक्त गरे । विशेष शो हेरेपछि प्रमुख कलाकारद्वय कुनाल विश्व र सलिना थापा दंग देखिए । यस फिल्ममा एक युवक, उसको वरपर सबन्धीत हुने व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ ।

प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको छ । यो फिल्ममा समावेश सबै गीतमा शब्द, फिल्मको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन् । साहित्यकार स्व. ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही यो फिल्म बनाइएको हो ।

यस फिल्ममा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।

सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको फिल्ममा प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : ५८ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित