सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो « Khabarhub

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति चासो व्यक्त गरेका छन् ।

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आफ्नो अभिव्यक्तिप्रति चासो व्यक्त गरेको जानकारी दिएका हुन् । 

गत मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँग लामिछानेले सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थन राखिराख्नु औचित्य नभएको अभिव्यक्ति दिएका थिए । 

उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई टेलिफोन गरेर चासो राखेका हुन् । आफू चितवनबाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई दिन फोन गर्दा सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो अभिव्यक्तिबारे चासो राखेको लामिछानेले बताए । 

शुक्रबार शपथ ग्रहण समारोहमा उनले यथास्थितिमा सरकारमा नजाने र समर्थनबारे पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  २ : ०१ बजे

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार