हेटौँडामा ६३ बाल श्रमिक भेटिए « Khabarhub

हेटौँडामा ६३ बाल श्रमिक भेटिए


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मनहरी– हेटौँडा उपमहानगरपालिकामा ६३ जना बालश्रमिक रहेको पाइएको छ । उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार पहिलो चरणमा १९ वटै वडामा संकलन गरिएको प्रारम्भिक तथ्यांकमा ६३ जना बालबालिकामा श्रममा रहेको पाइएको हो ।

वडागत विवरणअनुसार सबैभन्दा बढी वडा नम्बर ४ मा नौ जना छन् भने वडा नं ६ मा १२ जना छन् । साथै वडा नं  १६ मा भने बाल श्रमिक नभेटिएको प्रमुख लामिछानेले भने। उनले बाल श्रमिकमा बालक ५५ जना र बालिका आठ जना रहेको जानकारी दिए ।

अठार वर्षमुनिका बालबालिकालाई श्रममा लगाइएको कानुनले बन्देज गरेको छ । कूल ६३ जनामा १७ वर्षका १४ जना, १६ वर्षका १३ जना, १५ वर्षका १५ जना, १४ वर्षका १३ जना, १३ वर्षका पाँच जना र १२ वर्षका तीनजना बाल श्रमिक छन् । उनीहरुमध्ये मकवानपुरका ३३ जना, बाहिर जिल्ला २२ र छिमेकी राष्ट्र भारतका सात जना र एक जनाका विवरण नखुलेको प्रमुख लामिछानेले बताए । 

उनीहरुमध्ये मोटर ग्यारेजमा काम गर्ने बाल श्रमिक २२ जना, रेष्टुराँ, होटल र ब्यांकेटमा १२, यातायात क्षेत्रमा १२, निर्माण ढुवानीमा सातजना, घरायसी काममा तीनजना, कवाडी र फ्याक्ट्रीमा दुई-दुई जना र अन्यमा तीन जना रहेको पाइएको छ । 

तथ्यांक संकलनका क्रममा बाल श्रमिकमध्ये ५२ जनाले हाल गरिरहेको कामलाई नै भविष्यको योजना बनाएका छन् भने छ जनाले पढ्न चाहेको र पाँच जनाले सीप सिक्न चाहेको बताएका थिए । उनीहरुमध्ये २८ जनाले कमाएको पैसा घरमा पठाउने गरेको, १६ जनाले पारिश्रमिक नपाउने, नौ जनाले आफूलाई मात्र खर्च गर्ने गरेको, नौ जनाले कमाइएको प्रयोग नखुलाएको र एक जनाले धूम्रपान मद्यपानमा खर्चने गरेको जनाएको छ ।

तथ्यांकअनुसार बाल श्रमिकले कामबापत न्यूनतम खान र बस्नदेखि अधिकतम मासिक १५ हजार पारिश्रमिक पाउने गरेको बालबालिका बताउँछन् । हेटौँडा उपमहानगरले वडावडामा बाल सहजकर्ता राखेर बालबालिकासम्बन्धी सूचकमा तथ्यांक संकलन गरिरहेको छ । 

हेटौँडा महानगरपालिकाले ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ मङ्सिर महिनाको अन्ततिर बालमैत्री घोषणा गर्ने तयारीमा रहेको प्रमुख लामिछानेले बताए । 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : २० बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड