गुल्मीमा पछिल्लो समय बसाइँसराइ बढ्दो अवस्थामा  « Khabarhub

गुल्मीमा पछिल्लो समय बसाइँसराइ बढ्दो अवस्थामा 


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तम्घास– बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले बसाइँसराइ बढ्दो छ । यही समस्याको परिणामस्वरुप अहिले गाउँ रित्तिदै गएका छन् । यस्तै अवस्थामा गुल्मीमा पनि छ ।

गुल्मीमा पछिल्लो ११ महिनामा बसाइँसराइ बढ्दो अवस्थामा छ । जिल्लाबाट गत वर्ष ०७९ वैशाख १ देखि चैत ८ गतेसम्म ११ महिनामा एक हजार चार सय एक परिवारका पाँच हजार तीन सय ४५ जनाले गाउँ छोडेका छन् । 

राष्ट्रिय पञ्जिकरण विभागका अनुसार जिल्लाका १२ पालिकामध्ये सबैभन्दा धेरै मुसीकोट नगरपालिका र सबैभन्दा कम इस्मा गाउँपालिकाबाट बसाइँसराइ गरेका छन् । नौ महिनामा मुसिकोटबाट एक सय ७५ परिवारका सात सय २२ एवं इस्माबाट ७२ परिवारका दुई सय ४८ जनाले गाउँ छाडेका छन् । 

त्यस्तै रेसुङ्गा नगरपालिकाबाट एक सय परिवारका तीन सय ४८, कालीगण्डकी गाउँपालिकाबाट एक सय चार परिवारका तीन सय ९४ जना, गुल्मीदरबार गाउँपालिकाबाट एक सय २२ परिवारका चार सय ८५ जनाले गाउँ छोडेको तथ्यांक छ ।

सत्यवती गाउँपालिकाबाट एक सय ५९ परिवारका पाँच सय ८१, चन्द्रकोट गाउँपालिकाबाट एक सय १८ परिवारका चार सय ५५, रुरुक्षेत्र गाउँपालिकाबाट एक सय १४ परिवारका चार सय १४, छत्रकोट गाउँपालिकाबाट एक सय ३७ परिवारका पाँच सय ३१, धुर्कोट गाउँपालिकाबाट एक सय एक परिवारका तीन सय ९१, मदाने गाउँपालिकाबाट एक सय ११ परिवारका चार सय ११ जना र मालिका गाउँपालिकाबाट ८७ परिवारका तीन सय ३१ जनाले गाउँ छाडेका छन् । 

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बसाइँसराइ रोक्न पालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गरेको बताए । ‘स्वास्थ्य र शिक्षा राम्रो भएमा नागरिक गाउँ बस्छन्’, उनले भने, ‘कृषिमार्फत रोजगारी सिर्जना गर्ने योजना छ ।’ अर्यालले रोजगारी सिर्जना र मानिसको अत्यधिक बसाइँसराइ रोक्न भने आफूहरूको कदम पर्याप्त नभएको बताए । यसका लागि अन्तरपालिका समन्वय र सङ्घीय र प्रदेश सरकारले पनि ठोस योजना बनाउनुपर्ने उनले बताए।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : १५ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड