फाइल फोटो

राजनीति

राष्ट्रियसभाको विषयगत समितिमा रहनुहुने सांसदको नाम हेरफेर

By खबरहब

April 28, 2023

काठमाडौँ– राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सांसदको नाम हेरफेर गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सांसदको नाम हेरफेर भएको सूचना सुनाएका थिए ।

उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा मनोनयन भएका सांसदको नाम पनि प्रस्तुत गरेका थिए । अध्यक्ष तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका सभापतिको निर्वाचन यही वैशाख २५ गते हुने जानकारी गराए ।

यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८-२०७९ सभासमक्ष पेश गरे ।

बैठकमा मन्त्री किरातीको ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८४ को उपनियम (४) बमोजिम सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना अध्यक्ष तिमल्सिनाले प्रस्तुत गरेकामा स्वीकृत भएको छ ।