निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान « Khabarhub

निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आज  कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो । 

कक्षा १२ वा सो सरहको परीक्षामा कम्तीमा पनि २ दशमलव ४ जिपिए वा ५० प्रतिशतभन्दा बढी अंक ल्याएका, स्वदेशी विश्वविद्यालय वा क्याम्पसमा स्नातक तहमा भर्ना भएकाले आवेदन दिन सक्ने उक्त सूचनामा जनाइएको छ ।

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७९ अनुसार स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा कुनै विषयमा स्नातक वा सो सरहको तहमा प्रथम वर्ष वा पहिलो वा दोस्रो सेमेस्टरमा भर्ना भई अध्ययन गरिरहेको निजामती सेवा ऐन, २०४९, स्वास्थ्य सेवा ऐन २०५३, व्यवस्थापिका संसद् ऐन, २०६४ बमोजिम सेवाका पदमा बहाल रहेका र कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका सन्ततिले यस्तो छात्रवृत्ति पाउनेछन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : ०३ बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०