जर्मन बुन्डेस लिगाको उपाधि बार्यन म्युनिखलाई « Khabarhub

जर्मन बुन्डेस लिगाको उपाधि बार्यन म्युनिखलाई


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बार्यन म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ। शनिबार राति भएको अन्तिम चरणको खेलमा डर्टुमन्ड माइन्जसँग २–२ गोलको बराबरीमा रोकिए पछि बार्यनले एफसी कोलनलाई २–१ ले पराजित गरेर च्याम्पियन बन्न सफल भएको हो। यससँगै म्युनिखले लगातार ११औं पटक उपाधि हासिल गरेको हो।

डर्टमुन्डलाई उपाधि जित्नका लागि लिगको अन्तिम खेल जित्नै पर्ने या म्युनिखले हार या बराबरीमा रोकिनु पर्ने अवस्था थियो तर डर्टमुन्ड आफू रोकिंदा बार्यनले बाजी मारेर उपाधिमा जीत हासिल गरेको हो। दुवै टिमले लिगको अन्तिम खेल ३४ मा समान ७१ अङ्क बनाए पनि गोल अन्तरमा शीर्ष स्थानमा रहँदै लगातार ११औं पटक बार्यन म्युनिख च्याम्पियन बनेको बन्न पुगेको हो।

शनिवार राती सम्पन्न खेलको आठौं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए र, पहिलो हाफमा बार्यन १-० को अग्रता कायम गर्न सफल भयो तर, सो खेलको ८१औं मिनेटमा डेजानले गोल गर्दै कोल्नलाई १–१ गोलको बराबरीमा ल्याए पनि त्यो लामो समय टिक्न भने सकेनन्, खेलको ८९औं मिनेटमा जमल मुसिआलाले गोल गरे, जुन गोल नै बार्यनलाई उपाधि जित्नका लागि निर्णायक हुन पुग्यो। उनको सो गोलले बार्यनले यसअघि समान अंक भएको डर्टमुन्डलाई उछिन्दै उपाधि जिताउन सफल भयो।

डर्टमुन्डले भने घरेलु मैदानमा सुरुमा नै राम्रो प्रदर्शन गर्न सकेको थिएन। पहिलो हाफमा नै पाहुना टोली माइन्जसँग २ गोलले पछि परेर आफूलाई कमजोर प्रस्तोताको रुपमा उभ्याएको थियो। जसअनुसार सो खेलको १५ औ मिनेटमै हान्ची ओल्सेनले सुरुवाती गोल गरेका थिए भने २४औं मिनेटमा ओनिसुवाले थप गोल गरे पछि डर्टमुन्ड पहिलो हाफमा नै २-० ले पछि पर्न गयो।

दोस्रो हाफको ६९ औं मिनेटमा राफेल गुएरिरोले ६९ औ मिनेटमा गोल गरेर बदला लिने कोसिस भने गरे। त्यसमाथि इन्जुरी समयमा सुलेले बराबरी गोल फर्काउँदै टिमलाई एक अङ्क नदिलाएका होइनन् तर अर्को खेलमा बार्यनको जितसँगै डर्टमुन्ड समान अङ्क भए पनि गोल अन्तरमा पछि रहँदा उपाधि जित्न असफल भयो।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ८ : १४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु