कोशीको बजेट अधिवेशन सुरु हुँदै, प्रदेशसभा केन्द्रीत पहिचानवादीको आन्दोलन « Khabarhub

कोशीको बजेट अधिवेशन सुरु हुँदै, प्रदेशसभा केन्द्रीत पहिचानवादीको आन्दोलन


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सभाको बजेट अधिवेशन आज सुरु हुँदैछ । यो अधिवेशनको पहिलो बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रदेशको नामाङ्कनपछि आज पहिलो पटक बस्न लागेको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र सभामुखले सुनाएपछि केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी प्रदेश सरकारले जारी गरेका २ वटा अध्यादेश टेवल गर्ने कार्यसूची पनि छ ।

प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादीहरुले भने आज बिहानैदेखि प्रदेश सभा भवन अगाडि प्रदर्शनको तयारी गरेका छन् ।

गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेको विरोधमा पुन: नामाङ्कन गर्न माग गर्दै पहिचान पक्षधरहरु संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका हुन्।

प्रदेशको नाम संशोधन गर्ने थलो प्रदेश सभा नै रहेकाले आजदेखि प्रदेश सभा केन्द्रित आन्दोलन सुरु गरेको आन्दोलनकारीको चेतावनी छ।

जिल्ला प्रशासन कार्यालयले भने पहिचानवादीको आन्दोलनलाई मत्थर बनाउन शनिबारदेखि नै विराटनगर क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ९ : ३३ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई