बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ « Khabarhub

बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई र झपामा-१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारुलाई प्रहरीले पक्राउ गरेको हो । 

थारुले ती महिलालाई शुक्रबार पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

झापामा  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ स्टाप चोक बस्ने २७ वर्षीय विवेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

 

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  १ : ५२ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको