चितवन र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ « Khabarhub

चितवन र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन र कञ्चनपुरबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका-१६ सूर्योदय टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुलफेनारगन १ सय ५१ एम्पुलसहित बारा घर भएका २१ वर्षीय रविन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका-१६ सूर्योदय टोल बस्ने २९ वर्षीय रूपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढ र अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी रविनलाई पक्राउ गरेको हो । हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका-१० कानीखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९२ मिलिग्रामसहित बेलडाँडी गाउँपालिका-१ बस्ने २१ वर्षीय अर्जुन चौधरीसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडासमेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  २ : २४ बजे

झापा-५ मा बहुप्रतिक्षित मतगणना सुरु

दमक, झापा- देशभरकै सबैभन्दा बढी चासोको केन्द्र बनेको झापा निर्वाचन

काठमाडौँ-४ मा रास्वपाका पुकार बमको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको

बाँके-२ मा एमालेका मोहम्मद इश्तियाक राईको सुरुवाती अग्रता

नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फको

भक्तपुर-२ मा महेश बस्नेत अगाडि

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपानेको अग्रता, रवीन्द्र मिश्र तेस्रो

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु