धर्नामा बसेका १७ जना अधिकारकर्मी प्रहरी नियन्त्रणमा  « Khabarhub

धर्नामा बसेका १७ जना अधिकारकर्मी प्रहरी नियन्त्रणमा 


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारमा धर्नामा बसेका १७ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारमा  आयोजना गरेको धर्नाबाट १७ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शीर्ष नेताहरू भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको आरोप लगाउँदै समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर्नु पर्ने, तीन तहको सरकारले सुशासन, पारदर्शिता र जबाफदेहीता सुनिश्चित गर्नुपर्ने, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरूप आचरण गर्नु पर्ने माग राखेर धर्ना दिएको थियो ।

प्रदर्शन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवाहरू अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरू चन्द्रमणि बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणि गौतम, रिता अधिकारीसहित १७ जनालाई गिरफ्तार गरेको हो ।

गिरफ्तार अधिकारकर्मीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ३ : ०३ बजे

लुम्बिनीका दुवै ओपनरलाई काठमाडौंका मिलिन्दाले गराए आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

लुम्बिनीले गुमायो पहिलो विकेट

काठमाडौं- लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ । नेपाल प्रिमियर

सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक

काठमाडौं–  सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत एआई-सक्षम फोरके

दाङमा १४ हजारभन्दा बढी मतदाता थपिए

दाङ– दाङमा १४ हजार बढी मतदाता थपिएका छन् । निर्वाचन

काठमाडौंका करणको आक्रामक ब्याटिङले लुम्बिनीले पायो १५८ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको