भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले मागे सुझाव « Khabarhub

भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले मागे सुझाव


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठबाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । यसअघि आइतबार उनले आफ्नो भारत भ्रमणबारे पूर्व-प्रधानमन्त्रीसहित राजनीतिज्ञहरुलाई जानकारी गराउँदै सुझाव मागेका छन् । 

छलफलमा पूर्व-प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठसहित राजनीतिज्ञसँग आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै सुझाव मागेका हुन् । 

सो क्रममा उनीहरूले नेपालको हितलाई ध्यान दिन सुझाव दिएका छन् ।  उनीहरूले सीमा विवाद, ईपीजीको प्रतिवेदनसहित दुई देशबीच देखिएका विवाद समाधानमा भ्रमणलाई केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ४ : ५८ बजे

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा

५ अंकले बढ्यो नेप्से, १५ अर्ब ७८ करोडको कारोबार

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल

होर्मुज जलक्षेत्रमा जारी अवरोध अस्वीकार्य : प्रधानमन्त्री मोदी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियाको युद्धका कारण होर्मुजको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो बस्दै

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ।