भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले मागे सुझाव « Khabarhub

भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले मागे सुझाव


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठबाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । यसअघि आइतबार उनले आफ्नो भारत भ्रमणबारे पूर्व-प्रधानमन्त्रीसहित राजनीतिज्ञहरुलाई जानकारी गराउँदै सुझाव मागेका छन् । 

छलफलमा पूर्व-प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठसहित राजनीतिज्ञसँग आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै सुझाव मागेका हुन् । 

सो क्रममा उनीहरूले नेपालको हितलाई ध्यान दिन सुझाव दिएका छन् ।  उनीहरूले सीमा विवाद, ईपीजीको प्रतिवेदनसहित दुई देशबीच देखिएका विवाद समाधानमा भ्रमणलाई केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ४ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु