पूर्वराष्ट्रपति भण्डारीद्वारा रासस कार्यालयको निरीक्षण « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीद्वारा रासस कार्यालयको निरीक्षण


१४ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयको निरीक्षण गरेकी छिन् ।

गणतन्त्र दिवस, २०८० को सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले राससको समाचार सङ्कलन कक्ष, नेपाली, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार सम्पादन कक्ष, तस्बिर सम्पादन कक्ष र प्रशासनिक कक्षको निरीक्षण गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारी, प्रमुख समाचारदाता उत्तम सिलवाल, प्रधानसम्पादक एकराज पाठक, अङ्ग्रेजी समाचार सम्पादन शाखाका प्रमुख दीपराज सन्याललगायतले व्यवस्थापकीय र समाचारसँग सम्बन्धित विषयमा जानकारी गराएका थिए ।

सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले राससका समाचार सेवा सन्तुलित र निर्विवाद हुने गरेको आफूले पाएको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत विकास गर्दै जनताका आकाङ्क्षा र विकास निर्माणका गतिविधिलाई  प्राथमिकता दिन आग्रह गरिन् ।

साथै उनले राससजस्ता भवन र संरचना निर्माण गर्दा नेपालीपन झल्कनुपर्नेमा पनि जोड दिइन् । सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई कार्यकारी अध्यक्ष झाले ‘मायाको चिनो’ प्रदान गरेका थिए भने प्रधानसम्पादक पाठकले राससको इतिहास समेटिएको ‘रासस : हिजो र आज’ पुस्तक हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ५ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया