सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब पराजित | Khabarhub Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब पराजित


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । 

आइतबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ६३ औं मिनेटमा निकोलस सङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा सनम लिम्बुले गोल गर्दै एनआरटीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा सातदोबाटोका शिव सुवेदीले गोल गरेपनि एनआरटी २-१ ले विजयी भयो । जितसंगै एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

सातदोबाटो २२ खेलमा २९ अंकका साथ छैटौँ स्थानमा रहेको छ । त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ । मनाङको जितमा चेतन कुमार थारूले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै मनाङले २२ खेलमा २८ अंक जोडेको छ । 

थ्री स्टारको २२ खेलमा २६ अंक रहेको छ । 

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ५ : ५६ बजे

शालग्राम महोत्सव : धार्मिक पर्यटनको विकासमा जोड

लुम्बिनी– रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासका लागि लुम्बिनी प्रदेश

पर्यटकको पर्खाइमा म्याग्दीको ‘तास्नाधुरी’

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकको पर्खाइमा छ ।

कर्मचारीले बुझाए राज्य व्यवस्था समितिमा हस्ताक्षर 

काठमाडौं– नेपाल निजामती कर्मचारी युनियनले प्रस्तावित संघीय निजामती सेवा ऐनमा

दही र महीको माग बढ्दै

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र

ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका– ७ स्थित हेलम्बु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा