सर्पदंशबाट न्यूनीकरणका लागि महोत्तरीका युवा सक्रिय « Khabarhub

सर्पदंशबाट न्यूनीकरणका लागि महोत्तरीका युवा सक्रिय


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बर्दिबास- गर्मी बढेसगैँ महोत्तरीमा युवाहरू सर्पको डसाइलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम लिएर टोल टोल पुग्न थालेका छन् । उत्तरवर्ती क्षेत्र बर्दिबासमा सर्पको डसाइलाई न्यूनीकरण गर्न युवाहरू सक्रिय बनेका हुन् ।

टोट्र्याक क्लव अफ बर्दिबासमा आवद्ध युवा शनिबार दिनभरी नगरको विभिन्न वडामा पुगेका थिए ।

चिकित्सकसहित पर्चा, पम्पलेट लिएर टोलटोलमा पुगेका युवाले घरदैलोमा पुगेर जनचेतनामात्र प्रवाह गरेनन्, चोक र मानिसहरूको जमघट हुने ठाउँमा कोणसभासमेत गरे ।

नगरमा चैत्रदेखि भदौसम्म सर्पको बिगबिगी नै हुने हुँदा यहाँ सर्पकै कारण वर्षेनी ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

सर्पदंश उपचार केन्द्र गौरिडाँडाका अनुसार आजभोली पनि दैनिक २ देखि ५ जना स्थानीय सर्पको डसाइबाट बिरामी बनेर भर्ना हुने गरेका छन् ।

चिकित्सकका अनुसार सर्पले डसेका बिरामीलाई श्वासप्रश्वासमा समस्या बन्ने हुँदा भेण्टिलेटरको जरुरत पर्ने गर्छ । यही विषयलाई लिएर स्थानीय सरकार र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएता पनि सुनुवाई हुन सकेको छैन ।

सर्पको डसाईकै कारण कसैले ज्यान गुमाउन नपर्ने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले दाबी गरेता पनि स्वास्थ्य मन्त्रालयले प्रदान गरेको भेण्टिलेटरसमेत एक वर्षदेखि बर्दिबास अस्पतालमा नै थन्किएको अवस्थामा छ । अघिल्लो वर्षमात्र यस नगरमा सर्पको टोकाइबाट दुई जनाले ज्यान गएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ६ : ०४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्