सर्पदंशबाट न्यूनीकरणका लागि महोत्तरीका युवा सक्रिय « Khabarhub

सर्पदंशबाट न्यूनीकरणका लागि महोत्तरीका युवा सक्रिय


१४ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बर्दिबास- गर्मी बढेसगैँ महोत्तरीमा युवाहरू सर्पको डसाइलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम लिएर टोल टोल पुग्न थालेका छन् । उत्तरवर्ती क्षेत्र बर्दिबासमा सर्पको डसाइलाई न्यूनीकरण गर्न युवाहरू सक्रिय बनेका हुन् ।

टोट्र्याक क्लव अफ बर्दिबासमा आवद्ध युवा शनिबार दिनभरी नगरको विभिन्न वडामा पुगेका थिए ।

चिकित्सकसहित पर्चा, पम्पलेट लिएर टोलटोलमा पुगेका युवाले घरदैलोमा पुगेर जनचेतनामात्र प्रवाह गरेनन्, चोक र मानिसहरूको जमघट हुने ठाउँमा कोणसभासमेत गरे ।

नगरमा चैत्रदेखि भदौसम्म सर्पको बिगबिगी नै हुने हुँदा यहाँ सर्पकै कारण वर्षेनी ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

सर्पदंश उपचार केन्द्र गौरिडाँडाका अनुसार आजभोली पनि दैनिक २ देखि ५ जना स्थानीय सर्पको डसाइबाट बिरामी बनेर भर्ना हुने गरेका छन् ।

चिकित्सकका अनुसार सर्पले डसेका बिरामीलाई श्वासप्रश्वासमा समस्या बन्ने हुँदा भेण्टिलेटरको जरुरत पर्ने गर्छ । यही विषयलाई लिएर स्थानीय सरकार र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएता पनि सुनुवाई हुन सकेको छैन ।

सर्पको डसाईकै कारण कसैले ज्यान गुमाउन नपर्ने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले दाबी गरेता पनि स्वास्थ्य मन्त्रालयले प्रदान गरेको भेण्टिलेटरसमेत एक वर्षदेखि बर्दिबास अस्पतालमा नै थन्किएको अवस्थामा छ । अघिल्लो वर्षमात्र यस नगरमा सर्पको टोकाइबाट दुई जनाले ज्यान गएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ६ : ०४ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल