रुसको बेल्गोरोड क्षेत्रमा भएको गोलाबारीमा परी एक जनाको मृत्यु « Khabarhub

रुसको बेल्गोरोड क्षेत्रमा भएको गोलाबारीमा परी एक जनाको मृत्यु


१४ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मस्को- युक्रेनी सेनाले रुसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा एक जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएका छन् ।

यस क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले शनिबार दिएको जानकारी अनुसार गोलाबारीका क्रममा शहरको एक अपरेटिङ इन्टरप्राइजमा सुरक्षा गार्डका रूपमा कार्यरत एक जनाको मृत्यु भएको हो ।

घाइते हुनेमा दुई किशोर र एक वयस्क रहेको पनि गभर्नरले बताएका छन् ।

‘दुई ठूला उद्योगको परिसरमा कैयौं गोला खसेको र आगोलागी भएको थियो । आपतकालीन सेवाहरूले क्षेत्रको निरीक्षण गरिरहेको छ’ गभर्नरले भने।

युक्रेनको खार्किभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ७ : १८ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर