७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ « Khabarhub

७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ


१४ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बर्दियामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

मधुवन नगरपालिका–४ की ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय मंगाराम थारू पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थारू पहिले पनि बलात्कार मुद्दामा दोषी ठहर भई जेल जीवन बिताएर छुटेका व्यक्ति रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुदीपराज शाहीले जानकारी दिए ।

२०७५ सालमा पनि बलात्कारसम्बन्धी कसूर खेपेका थारूलाई अदालतले सोही वर्ष चैत ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतबाट सफाइ पाएपछि थारु एक वर्ष नबित्दै छुटेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदेयश सापकोटाका अनुसार शुक्रबार दिउँसो १ बजेतिर थारू वृद्धाको घरमा प्रवेश गरी बलात्कार गरेको भन्ने किटानी जाहेरी परेको थियो ।

पीडितको तर्फबाट बुहारीले स्थानीय प्रहरीमा पुगेर थारूविरूद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । थारूलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालत बर्दियाले आइतबार अनुमति दिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ७ : १२ बजे

पार्टी र सरकारबीच कुनै समन्वयको अभाव छैन : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी

काठमाडौँको वायु प्रदूषण अस्वस्थकर, आइतबारसम्म सुधार नहुने

काठमाडौँ – काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर बढ्दै गएको छ।

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयदेखि भोगचलन गर्दै

जुम्लामा स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

जुम्ला – जुम्लामा सञ्चालन गरिएको नाक, कान तथा घाँटी (इएनटी)

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, थेहे आसपास केन्द्रबिन्दु

काठमाडौँ – हुम्लामा शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प