उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान « Khabarhub

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन्। मंगलबार राति ११:२० उडानमार्फत उनी चीनको छेन्दु प्रस्थान गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री श्रेष्ठलाई सकारका उच्च अधिकारी र सुरक्षा निकायका प्रमुखले बिदाई गरेका हुन्।

बुधबार उनी पश्चिमी चीन अन्तराष्ट्रिय मेलाको स्वागत भोजमा सहभागी हुने कार्यतालिकामा छ। उक्त मेलाको उद्घाटन गरी दिउँदो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

त्यही दिन साँझ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजको आयोजना गरिने छ। उनले शुक्रबार सिचुवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नेछन्। उनले त्यहाँ अध्ययनरत चिनियाँ, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि उनले विश्वविद्यालयको हाइड्रोलिक्स र माउन्ट रिभर इन्जिनियरिङ प्रयोगशालाको अवलोकन गर्ने तालिका छ। शनिबार भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित हाइड्रो जक्सन, दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत उनी स्वदेश फर्किने छन्। उपप्रधानमन्त्री सहितको भ्रमण प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत रहेका छन्।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ५ : ४८ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी