प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि पेस गरिँदै « Khabarhub

प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि पेस गरिँदै


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

आजको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पारितका लागि पेस गर्ने तयारी छ । 

विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको जवाफ दिइसकेपछि आजको बैठकमा बजेट पारितका लागि पेस गरिने छ ।

आजको बैठकमा बिनियोजन (बजेट) विधेयक २०८० माथि उठेका प्रश्रको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ । 

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयलगायत कार्यालयमा छुटाइएको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । 

संवैधानिक व्यवस्थाअनुसार सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।

 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ६ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै