इजरायली प्रधानमन्त्रीलाई चीनको निम्तो, अमेरिका सशंकित « Khabarhub

इजरायली प्रधानमन्त्रीलाई चीनको निम्तो, अमेरिका सशंकित


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चीनले भ्रमणको निम्तो दिएको छ । इजरायलका प्रधानमन्त्री  नेतान्याहुले आफूलाई चीनले राजकीय भ्रमणको निम्तो दिएको जानकारी गराएका छन् ।

नेतन्याहुले अमेरिकी सांसदहरूको समूहसँगको भेटमा हिजो यो जानकारी दिएका हुन्। यद्यपि उनले कहिले भ्रमणमा जाने भन्ने बारे केही खुलाएनन् ।

चीनले नेतान्याहुलाई पठाएको यो निमन्त्रणालाई मध्यपूर्वमा चीनको प्रवेश बढाउने प्रयासका रूपमा हेरिएको छ । चीनले अघिल्लो अप्रिलमा कट्टर शत्रुहरू इरान र साउदी अरेबियाबीचको सम्बन्ध पुनर्स्थापना गर्ने सम्झौता पनि गराएको थियो ।

अमेरिकन निकट इजरायललाई चीनको यो राजकीय भ्रमणले अमेरिकालाई भने सशंकित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ८ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया