युक्रेनलाई थप ५० करोड डलर सहायता दिने अमेरिकाको घोषणा « Khabarhub

युक्रेनलाई थप ५० करोड डलर सहायता दिने अमेरिकाको घोषणा


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बासिङटन डिसी– अमेरिकीले युक्रेनलाई थप ५० करोड अमेरिकी डलर सहयता दिने घोषणा गरेको छ ।

राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेको एक दिनपछि अमेरिकाले युक्रेनलाई ५० करोड डलर सुरक्षा सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न सुरक्षा सहायता प्याकेज घोषणा गरेको हो ।

सुरक्षा प्याकेजमा युक्रेनको रुससँग चलिरहेको द्वन्द्वमा युक्रेनको काउन्टर अफेन्सिभ अपरेसनलाई समर्थन गर्न र हवाई प्रतिरक्षा बलियो बनाउन महत्वपूर्ण क्षमताहरू समावेश छन्।

अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न थप सुरक्षा सहायताको घोषणा गरेको अमेरिकी रक्षा मन्त्रालयले  विज्ञप्तिमा उल्लेख गरेको छ ।

सुरक्षा समर्थन प्याकेजमा प्याट्रियट एयर डिफेन्स सिस्टम, स्टिङ्गर एन्टि एयरक्राफ्ट सिस्टम, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमको लागि अतिरिक्त गोला बारूद, उच्च गतिको एन्टी माइन क्लियरिङ उपकरणहरू समावेश छन्।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : ११ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण