‘नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छ’ « Khabarhub

‘नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छ’


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको बताएका छन् । 

पिताम्बर शर्मा पौडेलद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक पुस्तकको विमोचनमा आज यहाँ सम्बोधन गर्दै उनले अहिलेका पुस्तालाई भ्रष्टाचार नगरी विकास गर्ने र स्वदेशमै रोजगारी दिनसक्ने नेतृत्वको खाँचो रहेको बताएका हुन् ।

समाज परिवर्तनसँगै देशले गति लिन नसक्नुले अहिलेको पुस्ता निराश बन्दै गएको उनको भनाइ छ । देशको नेतृत्व गर्नेले भोगेको भोगाइ अहिलेको पुस्ताले खासै वास्ता नगर्ने भन्दै उनले भने ‘नयाँ पुस्ता देशको समृद्धि र न्यायपूर्ण समाजको खोजीमा छ तर परिवर्तनबाट जुन अनुभूति पाउनु पर्ने हो त्यो नहुँदा जनता विचलित हुने अवस्थामा आइपुगेका छन् ।’

राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै अहिलेको पुस्ताको आवश्यकता पुरा गर्नतर्फ राज्य लाग्नुपर्ने समय आएको उनको भनाइ छ । उनले रूपान्तरणका लागि सबै लाग्नुपर्ने बताए । जिम्मेवारीमा रहेका नेताको त्याग महत्वपूर्ण भए पनि त्यागअनुसारको आम नागरिकलाई अनुभूति दिलाउन नसक्दा जनतामा निराशा छाएको उनको भनाइ थियो । नेपाल शिक्षक संगठनका संस्थापक केन्द्रीय सचिव समेत रहेका पौडेलले शिक्षा क्षेत्रमा गर्नुभएको परिवर्तनअनुसार अहिलेको शिक्षालाई अघि बढाउन सक्नुपर्ने उनको भनाइ छ ।

 समाज परिवर्तन र शिक्षा क्षेत्रको विकासका लागि पौडेल परिवारको महत्वपूर्ण भूमिका रहेको उनले बताए । भरतपुर महानगरपालिका–१४ मा रहेको पिता-शिक्षा गुठीले आयोजना गरेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, डा सूर्यराज आचार्य, शिक्षाविद् रमाकान्तर सापकोटा, प्राध्यापक केदारनाथ खनाल, एकनारायण पौडेल लगायतले पुस्तकको समीक्षा एवं टिप्पणी गरेका थिए ।

गुठीकी उपाध्यक्ष होमादेवी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीराम देवकोटा, गुठीका सचिव लोकनाथ पौडेल लगायतले बोलेका थिए।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ३ : ५१ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर