गण्डकी प्रदेशसभामा बजेटबारे छलफल जारी « Khabarhub

गण्डकी प्रदेशसभामा बजेटबारे छलफल जारी


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफल जारी छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोगलगायत प्रतिष्ठान र निकायसँग सम्बन्धित शीर्षकहरुमा छलफल भएको हो ।

यही असार ८ गते प्रदेशसभा समक्ष प्रस्तुत भएको विनियोजन विधेयक–२०८० माथि मङ्गलबारदेखि छलफल सुरु भएको थियो । मङ्गलबारको प्रदेशसभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गरिएको थियो । मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले बजेटबारे पक्ष र विपक्षमा आ–आफ्ना धारणा राखिरहेका छन् ।

बुधबारको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य हरिबहादुर चुमानले बजेट वितरणमुखी नभई परिणाममुखी रहेको बताए । उनले भौतिक, ऊर्जालगायत मन्त्रालयले टुक्रे योजना कटौती गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरे ।

प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले प्रदेश सरकारले जनमुखी बजेट ल्याएको धारणा राखे । उनले पोखराका तालमा हुने दुर्घटना न्यूनीकरणका लागि अस्थायी सुरक्षा पोष्ट स्थापना, कारागार सुधार र व्यवस्थापन लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएकामा सन्तोष व्यक्त गरे ।

आन्तरिक आय वृद्धिका लागि आर्थिक मामिला मन्त्रालयले ल्याएको योजना कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो । प्रदेशसभा सदस्य रोशनबहादुर गाहा थापाले शक्ति र पहुँचका आधारमा बजेट बाँडफाँट गरिएको आरोप लगाए । प्रदेशसभा सदस्य बिन्दु पौडेल, भक्तबहादुर कुँवरलगायतले छलफलमा भाग लिएका थिए ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ४ : ०५ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर