दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित, ललिता निवास प्रकरणका चार आरोपीलाई ७ दिन हिरासतमा राख्न अनुमति, सर्वोच्चद्वारा सभापति लामिछानेविरुद्धको रिट खारेजलगायतका समाचारहरुले प्रमुख स्थान पाए ।

आर्थिक वर्ष २०८०र८१ को बजेट बहुमतले पारित

संसदले आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गरेको छ । प्रतिनिधिसभाले विनियोजन विधेयक २०८० बहुतले पारित गरेको हो ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा प्रकाशरण महतले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

ललिता निवास प्रकरणका चार आरोपीलाई ७ दिन हिरासतमा राख्न अनुमति

बालुवाटारस्थित ललिता निवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको इजलासले आरोपितलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सर्वोच्चद्वारा सभापति लामिछानेविरुद्धको रिट खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

युवराज सफलले दायर गरेको रिट बुधबार प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सम्मिलित संवैधानिक इजलासले खारेज गरेको हो ।

राष्ट्रपति पौडेल ११ दिनपछि डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

अस्पतालमा उनको छातीमा पेस मेकर राखिएको थियो । उनी आज डिस्चार्ज भएर राष्ट्रपति निवास फर्किएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् ।

उनले भने ‘निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले दिएको छ ।’ प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै अर्थमन्त्री डा महतले भयरहित तवरले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा सरकार स्पष्ट छ भने ।

न्यायालयलाई आफन्त र कार्यकर्ता भर्ती केन्द्र नबनाउन न्याय परिषद्‌को ध्यानाकर्षण
सर्वोच्च अदालतमा रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले न्यायालयलाई राजनीतिक भर्ती केन्द्र र आफन्तलाई जागिर खुवाउने थलो बनाउने कार्य नगर्न न्याय परिषद्‌को ध्यानाकर्षण गराएको छ।

सर्वोच्च अदालत विभागीय समितिले एक विज्ञप्ति जारी गर्दै बुधबार जिल्ला, उच्च र सर्वोच्चसम्म नियुक्ति न्यायाधीश हुँदा यसरी भागबन्डा गर्ने कार्य भएमा आफूहरू आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा पुगेका छन् ।

छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरे ।

बजेटले मुलुकको समस्या समाधान गर्न सक्दैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछानेले बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले आर्थिक समस्या समाधान गर्न नसक्ने र आय र व्ययको तालमेल नलिमेको हुनाले बजेटको विपक्षमा उभिएको जिकिर गरे ।

स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन

दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउन निर्देशन दिएको छ । 

समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिए। 

संसद् नाटकघर मात्रै भएको सिके राउतको टिप्पणी

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आगामी वर्षको बजेट पारित भएपछि संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि अध्यक्ष राउतले फेसबुकमा स्टाट्स लेख्दै संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका हुन् ।

भोलिदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् ।

बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए ।

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को साउनदेखि पुससम्मको तथ्यांकमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मंगलबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ९ : ०१ बजे

माओवादी महासचिव गुरुङको आरोप : कांग्रेस-एमालेले देशलाई प्रतिगमनतिर लैजान खोजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा

आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

एजेन्सी– भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको

राष्ट्रियसभामा कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

काठमाडौँ– सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुंगानाले दुई मन्त्रालयको खर्च

ओलीले देउवालाई पनि धोका दिन्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकाका सभापति शेरबहादुर

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न सांसदहरूको माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा