एसियाडका लागि चार खेलाडी छनोट « Khabarhub

एसियाडका लागि चार खेलाडी छनोट


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् ।

अन्तिम छनोट प्रतियोगिताबाट आज दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।

पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भए । त्यस्तै महिलातर्फ ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिए । एशियाली खेलकुद आगामी असोज ६ गतेदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : ०५ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा