हेपाटाइटिसको संक्रमण र बच्ने उपाय « Khabarhub

हेपाटाइटिसको संक्रमण र बच्ने उपाय


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाउने गरिन्छ। आज भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिस एकजुट हुने दिन हो। मानव शरीरमा कलेजो महत्त्वपूर्ण अंग हो। यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो। साधारण बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जन्डिस’ पनि भन्ने गरिन्छ। हेपाटाइटिस धेरैजसो भाइरसका कारण हुनेगर्छ। तर कहिलेकाहीँ यो ब्याक्टेरिया वा औषधिको साइड इफेक्टका कारण पनि हुने गर्छ। भाइरस वा ब्याक्टेरियाका कारण हुने हेपाटाइटिसले गम्भीर समस्या निम्त्याउन सक्छ। यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ। यसलाई एड्स भन्दा पनि खतरनाक मानिन्छ। हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको भन्दा १० गुणा बढी हुन्छ। जन्डिस वा हेपाटाइटिस कस्तो समस्या हो ? यसका लक्षणहरू के के छन् ? के कारणले हुन्छ र भएपछि के खाने के गर्ने ? रोकथामका उपायहरू केके हुन् ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश काश्यपसँग गरिएको कुराकानीको सम्पादित अंश:

हेपाटाइटिस (जन्डिस) लाई हामीले कसरी बुझ्ने ?
हेपाटाइटिस एउटा संक्रामक रोग हो। जसमा विभिन्न भाइरसले कलेजोलाई असर गर्छ। हेपाटाइटिस ए, बी, सी डी र ई गरी पाँच प्रकारका हुन्छन्। हेपाटाइटिस ‘ए’,‘बी’, ‘सी’ र ’ई’ कमन हेपाटाइटिस हुन्। त्यसमध्ये हेपाटाइटिस ‘बी’ सबैभन्दा बढी घातक मानिन्छ। हेपाटाइटिस बी भएमा यसले कलेजोलाई क्षतविक्षत बनाई मानिसको मृत्युसमेत गराउन सक्छ। यो अन्य मौसममा भन्दा वर्षातको समयमा बढी देखा पर्दछ।

यो के कारणले हुन्छ ?
हाम्रो शरीरको रगतमा विलिरुविनको मात्रा बढेमा मानिसलाई हेपाटाइटिस हुने गर्छ। हेपाटाइटिस भएमा शरीर पहेंलो देखिन थाल्छ। पानी , विषाक्त सुईको प्रयोग, असुरक्षित शारीरिक सम्बन्ध लगायतका कारण हेपाटाइटिस एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ। हेपाटाइटिस ए र ई दूषित पानी र दूषित खानेकुराका कारणले सर्ने गर्छ।

यसका लक्षणहरू के के हुन् ?
शरीरमा बिलिरुबिनको मात्रा साढे दुई भन्दा बढी भयो भने आँखा पहेंलो देखिने गर्छ। कसैलाई हेपाटाइटिस ‘ए’ देखि ‘ई’ सम्म भयो ज्वरो आउने, उल्टी हुने, खान मन नलाग्ने, जीउ दुख्नु, अत्यधिक थकान महसुस हुने, पिसाब पहेंलो हुने, पेट दुख्ने, जीउ चिलाउने, पखाला लाग्ने वा कब्जियत हुने हुन्छ। कसैलाई प्यानक्रियाजको क्यान्सर वा पेटमा सिरोसिस भएको छ भने अन्य क्यान्सरको जस्तै लक्षण देखिन्छन्। जसमा दुब्लाउँदै जाने, खाना नरुच्ने, दिसा सेतो हुनेलगायतका लक्षण देखिन सक्छन्।

आफूलाई हेपाटाइटिस भयो भनेर कसरी थाहा पाउने ?
यसको लागि कुनै आफूमा कुनै लक्षणहरू देखिएका छन् भने तुरुन्त अस्पतालमा गएर रगत जाँच गरेर तथा लक्षण पहिचान गरेर पनि हेपाटाइटिस भए वा नभएको थाहा पाउन सकिन्छ। यदि हेपाटाइटिस भएको थाहा भएमा सम्बन्धित डाक्टरको परामर्श लिई औषधि खान सकिन्छ। तर कुनै पनि लक्षणको आधारमा जाँच नगरी मेडिकलबाट औषधि ल्याएर खाने गर्नु हुँदैन।

नेपालमा सबै भन्दा बढी कुन हेपाटाइटिस भएको छ ?
नेपालमा धेरै हेपाटाइटिस ‘ए’ र ‘ई’ हुन्छ। बच्चामा हेपाटाइटिस ‘ए’ र युवा वा वृद्धामा ‘ई’ देखिन्छ। यो खाने कुरा र पानीबाट सर्ने हो। यो केही उपचार गरे पनि नगरे पनि एक महिनामा निको भएर जान्छ। यसको लागि खासै यो खाने त्यो नखाने भन्ने केही छैन। मुख बार्नु पर्दैन। लगभग त्यत्तिकै ९९ प्रतिशत आफै निको भएर जान्छ। बाँकी एक प्रतिशतमा समस्या हुनसक्छ, त्यसैले उपचार गर्नुपर्ने हुन्छ।

एक पटक जन्डिस भएर निको भएको छ भने पछि दोहोरिने सम्भावना कति हुन्छ ?
कसैलाई हेपाटाइटिस ‘ए’ भएको छ भने उसलाई ‘बी’ हुनसक्छ। कसैलाई ‘ई’ भएको छ भने त्यो फेरि हुँदैन। ‘बी’ पनि एक पटक भइसकेको छ भने दोहोरिँदैन। जन्मजात जन्डिसमा त्यो बिलिरुबिन आफै बढ्छ र आफै घट्छ। शरीरमा अलिकति चिन्ता भयो भने आउँछ र आफै कम भएर जान्छ। हेपाटाइटिस ‘बी’का लागि तीन डोज खोप हुन्छ। त्यो खोप सबैले लगाउने, हेपाटाइटिस ‘सी’को पनि उपचार छ।

यसको रोकथामका उपाय के के छन् ?
जुनसुकै रोग लागेर औषधि खानु भन्दा रोग लाग्न नदिनु नै उत्तम मानिन्छ। यसको लागि हामीले आफ्नो शरीरमा रोग लाग्न नै दिनु हुँदैन। जसको लागि दूषित पानी तथा खानेकुराको नखाने, खाना खानु अगाडि साबुन पानीले राम्ररी हात धुने र सफासुघर बस्ने, मौसम अनुसारका फलफूलहरू राम्री सफा गरेर खाने, वर्षायाममा पानीका मुहान फोहोर हुने सम्भावना रहन्छ। त्यसैले पानी राम्ररी उमालेर मात्र सेवन गर्ने, गर्भवती महिलाले चिकित्सकसितको सल्लाह अनुसार हेपाटाइटिसविरुद्धको खोप लगाउने र बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउने गर्न सकियो भने यो रोगबाट बच्न सकिन्छ। लागूऔषध र मादक पदार्थ सेवन गर्नु हुँदैन। यसले थप समस्या निम्त्याउन सक्छ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ७ : ०१ बजे

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि