बेँसीसहर बजारका अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन « Khabarhub

बेँसीसहर बजारका अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित र प्रयोगमा नआएका केवल नेटवर्किङका तारहरू हटाउन सम्बन्धित संस्थालाई १५ दिने सूचना जारी गरेको छ ।

नगरपालिकाले अव्यवस्थित तारहरूले बजारको सौन्दर्यमा समस्या ल्याएको तथा मंगलबारका दिन देखि १५ दिनको म्याद दिएको हो । प्रमुख दलको सहभागितामा बसेको बैठकले अव्यवस्थित तारहरू हटाउने निर्णय गरेको हो ।

 बैठकमा भएको सोही निर्णय अनुसार बेँसीसहर नगरपालिकाको बजार क्षेत्रमा रहेका विजुली तथा टेलिफोनका पोलमा अव्यवस्थित रुपमा रहेका पुराना तथा प्रयोगमा नआएका केवल तथा नेटवर्किङका तारहरुलाई १५ दिन भित्र हटाउन सम्बन्धित सबैमा सूचित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमानाथ कंडेलले जानकारी दिएका छन् ।

यस सूचना पश्चात अव्यवस्थित तारहरू व्यवस्थापनको कार्य शुरु हुने भएकोले यदि कोही कसैको विवरण नखुलेका तार तथा केबलहरू छुट्न गएमा वा काटिएमा सम्बन्धित संस्था वा व्यवसाय स्वयं जिम्मेवार हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको हामी सबैको रहर सभ्य समृद्ध बेँसीसहर भन्ने नारा समेत रहेको छ ।

सदरमुकाम बेसीसहरमा अव्यवस्थित तारहरूको जालोहरु जताततै रहेको देखिन्छ । बेँसीसहर सहित जिल्लाका अधिकांश बजार क्षेत्रमा तार व्यवस्थापन एक चुनौतीका रुपमा रहेको पाइन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : ३१ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने