बेँसीसहर बजारका अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन « Khabarhub

बेँसीसहर बजारका अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङबेँसीसहर नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित र प्रयोगमा नआएका केवल नेटवर्किङका तारहरू हटाउन सम्बन्धित संस्थालाई १५ दिने सूचना जारी गरेको छ ।

नगरपालिकाले अव्यवस्थित तारहरूले बजारको सौन्दर्यमा समस्या ल्याएको तथा मंगलबारका दिन देखि १५ दिनको म्याद दिएको हो । प्रमुख दलको सहभागितामा बसेको बैठकले अव्यवस्थित तारहरू हटाउने निर्णय गरेको हो ।

 बैठकमा भएको सोही निर्णय अनुसार बेँसीसहर नगरपालिकाको बजार क्षेत्रमा रहेका विजुली तथा टेलिफोनका पोलमा अव्यवस्थित रुपमा रहेका पुराना तथा प्रयोगमा नआएका केवल तथा नेटवर्किङका तारहरुलाई १५ दिन भित्र हटाउन सम्बन्धित सबैमा सूचित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमानाथ कंडेलले जानकारी दिएका छन् ।

यस सूचना पश्चात अव्यवस्थित तारहरू व्यवस्थापनको कार्य शुरु हुने भएकोले यदि कोही कसैको विवरण नखुलेका तार तथा केबलहरू छुट्न गएमा वा काटिएमा सम्बन्धित संस्था वा व्यवसाय स्वयं जिम्मेवार हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको हामी सबैको रहर सभ्य समृद्ध बेँसीसहर भन्ने नारा समेत रहेको छ ।

सदरमुकाम बेसीसहरमा अव्यवस्थित तारहरूको जालोहरु जताततै रहेको देखिन्छ । बेँसीसहर सहित जिल्लाका अधिकांश बजार क्षेत्रमा तार व्यवस्थापन एक चुनौतीका रुपमा रहेको पाइन्छ

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : ३१ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले