सिरियामा बम विस्फोट, ६ जनाको मृत्यु « Khabarhub

सिरियामा बम विस्फोट, ६ जनाको मृत्यु


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमास्कस– सिरियामा शिया तीर्थस्थललाई लक्षित गरी भएको बम विस्फोट भएको छ ।

मुहर्रम अघि बिहीबार राति भएको सो विष्फोटमा परी ६ जनाको ज्यान गएको छ भने २० भन्दा बढी घाइते भएका छन् । 

 मिडिया रिपोर्टका अनुसार बम विस्फोट दमास्कसको ग्रामीण इलाकाको सैयदा जैनाब शहरमा गरिएको थियो। सईदा जैनाब शहरको कौ सौदान स्ट्रिटमा ट्याक्सी नजिकै विस्फोट भएको हो । 

सिरियाली गृह मन्त्रालयले एक विज्ञप्तिमा भन्यो कि , ‘बम विष्फोटपछि सुरक्षाकर्मीहरू विस्फोट भएको ठाउँमा पुगेका थिए र उद्धार कार्य सुरु गरेका थिए। मृतकको शव र घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।’  सिरियाको सबैभन्दा प्रसिद्ध शिया तीर्थस्थल सैयदा जैनाब समाधि नजिकै पार्क गरिएको ट्याक्सीमा विस्फोट भएको गृह मन्त्रालयले जनाएको छ । सिरियाली सरकारले यसलाई आतंकवादी हमला भनेको छ।

यसअघि सिरियाको सरकारी टेलिभिजनले अज्ञात व्यक्तिले ट्याक्सीमा राखेको बमले विस्फोट गराएको बताएको थियो। सरकारी अधिकारीहरूले मिडियालाई भने कि उनीहरूले ठूलो विस्फोटको आवाज सुनेका थिए, त्यसपछि मानिसहरू भाग्न थाले। त्यसपछि एम्बुलेन्सहरू घटनास्थलमा पुगे र सुरक्षा बलहरूले क्षेत्रलाई घेरा हालेका थिए।

पैगम्बर मुहम्मदका नातिनी र हजरत इमाम अलीकी छोरी सैयदा जैनाबको चिहानबाट करिब ६०० मिटर टाढा सुरक्षा भवन नजिकै विस्फोट भएको उनले बताए। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सिरियाको रुससँग चलिरहेको द्वन्द्वमा सिरियाली राष्ट्रपति बसर अल असदलाई समर्थन गर्ने इरानी मिलिसियाको स्थान नजिकै विस्फोट भएको बताएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : ३४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार