रामेछापमा लम्पी स्किनबाट ३८१ चौपाया मरे | Khabarhub Khabarhub

रामेछापमा लम्पी स्किनबाट ३८१ चौपाया मरे


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मन्थली– रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् ।

लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ ।

रामेछाप नगरपालिकामा हालसम्म दुई हजार एक सय ९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार दुई सय, गोकुलगङ्गामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार छ सय ३५ पशुमा लम्पी स्किन सङ्क्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईँले जानकारी दिए । 

दोरम्बा सैलुङ्ग गाउँपालिकामा भने लम्पी स्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्यांक छैन । दोरम्बा सैलुङ्गका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुंगेलले भने– ‘दोरम्बा सैलुङ्गमा तथ्यांक संकलनको तयारी गर्दैछौँ ।’ 

लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन् । निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन् । 

रोगबाट किसानले करोडौँ रुपैयाँको क्षति ब्यहोर्नुपरेको गोकुलगङ्गा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए ।  रोगको सङ्क्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ । गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ । किसानले आर्थिक व्ययभार ब्यहोर्नुपरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : ४५ बजे

रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित

किएभ– मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक जनाको मृत्यु

किमाथांका– सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी

गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्नुपर्छ, राप्रपा सरकार ढाल्ने खेलमा छैन : अध्यक्ष लिङदेन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्रीमाथि छानबिन

विदेशबाट फर्किएका विष्णु बरालको सन्देश : आफ्नै माटोमा सुन फल्छ !

मोरङ (उर्लाबारी) : कृषि कर्ममा सुरक्षित भविष्य नदेख्ने ठूलो जमात

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै

रसुवा– चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा