‘सुशासनका निम्ति नीतिगत भ्रष्टाचार रोक्नुपर्छ’ « Khabarhub

‘सुशासनका निम्ति नीतिगत भ्रष्टाचार रोक्नुपर्छ’


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मैले अबको केही वर्षपछि हाम्रो देश युवाबिहीन नै हुन्छ कि भन्ने एउटा विकराल वा डरलाग्दो स्थिति देखिरहेको छु। त्यसको प्रमुख कारण सुशासन नहुनु नै हो। युवा पुस्ता आफ्नो देशभित्र भविष्य राम्रो हुने सम्भावना नदेखेपछि विदेश पुग्छन्। विदेश पुगेपछि विस्तारै उतै पलायन भइरहेका छन्। यो मुलुकका लागि ठूलो चुनौती हो।

मैले अबको केही वर्षपछि हाम्रो देश युवाबिहीन नै हुन्छ कि भन्ने एउटा विकराल वा डरलाग्दो स्थिति देखिरहेको छु। त्यसको प्रमुख कारण सुशासन नहुनु नै हो।

अब सरकारले कसरी युवालाई देशमै राख्ने भन्ने विषयमा सोच्नुपर्छ। यो अहिले एकदम आवश्यक कुरा भइसकेको छ। यसका अतिरिक्त हामीले जहिले पनि सुशासन र भ्रष्टाचारका कुराको ख्याल राख्नुपर्छ। देशलाई सुशासनमा बाध्न भ्रष्टाचार हुनु हुँदैन। नेपालमा नीतिगत भ्रष्टाचार र अर्को नियतगत भ्रष्टाचार देखिन्छ। यसको अन्त्य हुनुपर्छ।

अब सरकारले कसरी युवालाई देशमै राख्ने भन्ने विषयमा सोच्नुपर्छ।  देशलाई सुशासनमा बाध्न भ्रष्टाचार हुनु हुँदैन।

यदि नीतिगत भ्रष्टाचारमा त्रुटि भएको छ भने त्यसलाई सुधार्न सक्ने अवस्था धेरै छन्। तर अहिलेको हाम्रो नेतृत्वमा नैतिकता छैन। त्यसले गर्दा नियतगत भ्रष्टाचार धेरै भएका छन्। जसलाई सुधार गरेर अगाडि बढ्नु जरुरी छ।

अहिलेको हाम्रो नेतृत्वमा नैतिकता छैन। त्यसले गर्दा नियतगत भ्रष्टाचार धेरै भएका छन्। जसलाई सुधार गरेर अगाडि बढ्नु जरुरी छ।

जुन तहमा जहाँ जसरी हामी गए पनि त्यसलाई सुधार गरेर लानसक्ने अवस्था छैन। हामीले परिवर्तनको सम्भावना नै देख्दैनौँ। यसको सुधारका लागि राजनीतिक तह तत्काल लागि पर्नुपर्छ। यो विषयमा प्रशासनिक तहमा गम्भीर छलफल आवश्यक छ।

अहिले नेपालमा देखिएको नियतगत भ्रष्टाचारलाई रोक्नुपर्छ। यहीबाट देशलाई सुशासनको बाटोमा अगाडि बढाउने प्रयत्नको सुरुवात गर्नुपर्छ। (काठमाडौं दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब, रेडियो क्यान्डिड र इस्टिच्युट फर सोसियो इकोनोमिक एण्ड स्ट्राटेजिक स्टडिज (आईएसएसआर)ले आयोजना गरेको ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य कुसुम महर्जनले राखेको धारणाको सम्पादित अंश)

 

 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : ४७ बजे

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत