रत्ननगर अस्पताल : दुई लाख बिरामीले सेवा लिए | Khabarhub Khabarhub

रत्ननगर अस्पताल : दुई लाख बिरामीले सेवा लिए


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा गत आर्थिक वर्ष २०७९-८० मा दुई लाख चार हजार पाँच सय बिरामीले सेवा लिएका छन् । सो अवधिमा एक हजार एक सय ४३ बिारमीको जटिल किसिमको तथा एक हजार नौ सय १३ जनाको सामान्य शल्यक्रिया गरिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार सेवा लिएका मध्ये ७६ दशमलव चार प्रतिशत स्वास्थ्य बीमामार्फत उपचार गराउने छन् । अघिल्लो आर्थिक वर्षमा सो अस्पतालले एक लाख ५२ हजार चार सय ८४ जनालाई सेवा दिएको थियो । आव २०७७-७८ मा यो सङ्ख्या ८५ हजार चार सय ५३ थियो ।

बागमती प्रदेश सरकार मातहत रहेको ५० शय्या स्वीकृत पाएको उक्त अस्पतालमा हाल ९० शय्या सञ्चालनमा छन् । अस्पतालले बहिरङ्गतर्फ विभिन्न विभागमार्फत सेवा दिँदै आएको छ । डा ज्ञवालीका अनुसार अस्पतालले स्त्री तथा प्रसूति, हाडजोर्नी, सर्जरी, छाला, मनोरोग, बालरोग, नाक-कान-घाँटी, दन्त रोगलगायतको सेवा दिँदै आएको छ ।

अस्पतालमा गत वर्षदेखि ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’समेत सञ्चालनमा छ । पछिल्लो समय एकाएक बिरामीको आकर्षण बढेको यस अस्पतालबाट पूर्वी चितवनका चार नगरपालिकाका बासिन्दाले प्रत्यक्षरूपमा लाभ लिएका छन् । यससँगै छाला, शल्यक्रिया र डायलाइसिसका लागि नवलपरासी, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट बिरामी आउने गरेका छन् ।

अस्पतालमा कम जनशक्तिले धेरै बिरामीलाई सेवा दिनुपर्ने बाध्यता छ । हाल अस्पतालमा २५ विशेषज्ञ चिकित्सक, १८ मेडिकल अधिकृत, छ दन्त चिकित्सकसहित दुई सय १० स्वास्थ्यकर्मी कार्यरत छन् । रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले कम जनशक्तिले धेरै सेवा दिएको उल्लेख गर्दै नगरपालिकाबाट पनि सक्दो सहयोग गरेको बताए । 

उनका अनुसार पार्किङ व्यवस्थापनका लागि नगर प्रहरी परिचालन गरी नगरपालिकाले सहयोग गर्दै आएको छ । नगरपालिकाले ३० लाखको विपन्न सहायता कोष निर्माण गरी अतिविपन्नलाई त्यसैमार्फत उपचार सेवा दिँदै आएको छ । नगरपालिकाले नगरभित्रका तीन हजार दुई सय विपन्न परिवारको स्वास्थ्य बीमा सोही अस्पताललाई पहिलो विन्दु बनाएर गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : ११ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा