आर्थिक वर्ष २०७९-८० मा दाङका २९८ घरेलु उद्योग बन्द « Khabarhub

आर्थिक वर्ष २०७९-८० मा दाङका २९८ घरेलु उद्योग बन्द


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङमा आर्थिक वर्ष २०७९-८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा  उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र  सेवामूलक उद्योग ५६ रहेका छन् । कार्यालयमा आएर आधिकारिकरूपमा बन्द गराउनेको सङ्ख्या न्यून भएको उनले बताएका छन्। 

जिल्लामा आव २०७९-८० मा सात सय ४२ घरेलु तथा साना उद्योग दर्ता भएका थिए । चालु तथा स्थिर पुँजीतर्फ रु एक अर्ब ४१ करोड एक लाख लगानी भएको छ । यसबाट रु ६३ लाख ३१ हजार राजश्व संकलन भएको प्रमुख गुरुङले बताए । जिल्लामा हालसम्म ११ हजार तीन सय ८२ घरेलु तथा साना उद्योग रहेका छन् ।

विसं २०७९ असार मसान्तसम्म १० हजार नौ सय ३८ र आव २०७९-८० मा सात सय ४२ उद्योग थपिएको तथ्यांकले देखाएको छ । एक वर्षको अवधिमा सात सय १७ उद्योग नवीकरण भएका छन् । आठ सय १२ उद्यमी थपिएका छन् । दुई हजार पाँच सय ५३ जनाले रोजगार प्राप्त गरेको तथ्यांक छ । उत्पादनमूलक उद्योग ७५ वटा दर्ता भएका छन् । यसमध्ये छ सय ९२ जनाले रोजगार प्राप्त गरेका छन् । एक सय ८९ उद्योग नवीकरण गरिएको उनले बताए ।

कृषि तथा वनजन्य उद्योगमा चार सय ३२ दर्ता भएका छन् । यसबाट एक हजार एक सय ६८ जनाले रोजगार प्राप्त गरेका छन् । कृषि तथा वनजन्य दुई सय १८ उद्योग नवीकरण भएका छन् । पर्यटन उद्योगतर्फ ८१ वटा थपिएका छन् भने ७० वटा नवीकरण भएका छन् । त्यस्ता उद्योगबाट चार सय ६५ जनाले रोजगार प्राप्त गरेका छन् । सेवामूलक दुई सय ४० उद्योग नवीकरण भएका छन् । वाणिज्यतर्फ आठ सय २७ फर्म दर्ता भएका छन् ।

कोभिड-१९ को प्रभावपछि वृद्धि गरिएको बैंक ब्याज, आर्थिक तरलतालगायत कारण बढीजसो उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन् । उद्योग तथा वाणिज्य फर्म बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली रहेका छन् । उद्योगी तथा व्यवसायी विस्थापित भएका छन् । 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ११ : ०७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको