शुक्रबार सुनको मूल्य ९०० रुपैयाँले घट्यो  « Khabarhub

शुक्रबार सुनको मूल्य ९०० रुपैयाँले घट्यो 


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघको अनुसार अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला ८०० रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको सुनको मूल्य शुक्रबार प्रतितोला ९०० रुपैयाँ घटेको हो।

अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ९०० रुपैयाँले घट्दै १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको हो । 

यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९०० रुपैयाँले नै घट्दै १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यता चाँदीको मूल्य पनि शुक्रबार तोलामा ४० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ११ : ४२ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो