भारतद्वारा संयुक्त राष्ट्र संघलाई १० लाख अमेरिकी डलर सहयोग « Khabarhub

भारतद्वारा संयुक्त राष्ट्र संघलाई १० लाख अमेरिकी डलर सहयोग


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ। विश्व संगठनमा हिन्दी भाषाको प्रयोगलाई प्रवर्द्धन गर्न र समावेशी संवाद र समझदारीलाई बढावा दिन भारतले संयुक्त राष्ट्र संघलाई १० लाख  अमेरिकी डलर योगदान गरेको छ । 

संयुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले संयुक्त राष्ट्र संघको ग्लोबल कम्युनिकेसन विभागकी उपमहासचिव मेलिसा फ्लेमिङलाई १० लाख अमेरिकी डलरको चेक हस्तान्तरण गरेकी हुन्  । यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता बढ्ने भारतीय प्रतिनिधिको विश्वास छ । 

‘हिन्दी भाषामा समाचार र मल्टिमिडिया सामग्रीलाई मूलधारमा राख्ने र एकीकृत गर्ने संयुक्त राष्ट्र संघको प्रयासलाई भारत र हिन्दी भाषी जनसंख्या बसोबास गर्ने देशहरूमा प्रशंसा गरिएको छ,’ उनले भनिन्। उनले भारत सरकारले संयुक्त राष्ट्र संघमा हिन्दी भाषाको प्रयोगलाई निरन्तरता दिने बताएकी छिन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १२ : ०१ बजे

जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

चितवन – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडाैं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं