मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण « Khabarhub

मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गाईभैँसीमा फैलिएको ‘लम्पी स्किन’ को सङ्क्रमण मनाङ र मुस्ताङमा  नियन्त्रणमा आएको छ । प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको सङ्क्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

‘मुस्ताङ र मनाङमा लम्पी स्किनको सङ्क्रमण केही रोकिएको छ, अरु जिल्लामा सङ्क्रमण दर कम हुँदै गए पनि फाट्टफुट्ट रुपमा देखिएको छ’, मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा ग्रिष्म न्यौपानेले भने, ‘गाईभैँसीमा औषधोपचार र खोप अभियान चलिरहेको छ ।’ उनका अनुसार प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ मा लम्पी स्किनको सङ्क्रमण देखिएको छ ।

मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको सङ्क्रमण नदेखिएको महाशाखा प्रमुख डा न्यौपानेले जानकारी दिए। विसं २०७७ मा पहिलोपटक कास्की, तनहुँ र नवलपुरमा देखिएकामा हालसम्म प्रदेशका ५८ हजार नौ सय ८२ गाईभैँसी सङ्क्रमित भएका मन्त्रालयले जनाएको छ । ‘सङ्क्रमितमध्ये दुई हजार दुई सय ८४ गाईभैँसीको मृत्यु भएको छ भने २७ हजार एक सय १८ गाईभैँसी निको भएका छन्’, उनले भने, ‘बाँकी सङ्क्रमित गाईभैँसीको अहिले पनि उपचार भइरहेको छ ।’

गण्डकीमा कूल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म एक लाख तीन हजार दुई सय ३० गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइएको महाशाखा प्रमुख डा न्यौपानेले जानकारी दिए । ‘जिल्लास्थित भटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ । सङ्क्रमित पुश भेटिए तुरुन्त औषधोपचार गरिरहेका छौँ’, उनले भने, “सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।”

भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जिल्लामा रोगको सङ्क्रण भित्रिएपनि फैलन नपाएको बताए। ‘ज्यादै कम सङ्ख्यामा रोगको सङ्क्रमण देखिएको थियो, अहिले नियन्त्रणमा आएको छ’, उनले भने, ‘खोप अभियानलाई तीव्र बनाएका छौँ, पशु प्राविधिक गाउँगाउँ खटिनुभएको छ ।’

हिमाली जिल्लामा गाईभैँसीपालन कम हुने भएकाले पनि रोग नियन्त्रण गर्न सहज भएको केन्द्रका प्रमुख कुसुमको भनाइ थियो । चरिचरनमा लैँजादा, एउटै पोखरीको पानी खुवाउँदा, साझा सुइँको प्रयोगलगायत कारणले ‘लम्पी स्किन’ गाईभैँसीमा सर्ने गरेको उनले बताए । सङ्क्रमित गाईभैँसीको ओसारपसार नै यो रोग फैलिनुको मुख्य कारण रहेको पशु चिकित्सक बताउँछन् ।

उक्त रोगको औषधि पत्ता नलागेकाले खोप नै बढी प्रभावकारी हुने महाशाखा प्रमुख डा न्यौपानेले बताए। उनका अनुसार लामखुट्टे, किर्नाजस्ता टोक्ने किराबाट ‘लम्पी स्किन’ गाईभैँसीमा सर्ने गरेको छ । भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा रोग निको हुने उनले जानकारी दिए। 

‘लम्पी स्किन’ रोग लाग्दा गाईभैँसीमा उच्च ज्वरो आउने, तौल घट्ने, छालामा गाँठागुँठी आउनेजस्ता लक्षण देखिने गरेको छ । समयमै सङ्क्रमण नियन्त्रण गर्न नसके ठूलो पशुधनको क्षति बेहोर्नुपर्ने अनुमान नेपाल पशु चिकित्सा परिषद्ले गरेको छ । 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १२ : १६ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका