पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध « Khabarhub

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वस्थित सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका–४ स्थित काँडा बगरमा ठूलो पहिरो झर्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको हो । 

लगातारको झरिका कारण सडकमाथिबाट ठूलाठूला ढुङ्गा र पहिरो झर्दा बाटो बन्द भएको सशस्त्र प्रहरी बल आश्रित गुल्म रुकुमपूर्वका प्रहरी निरीक्षक सत्यबहादुर बुढाथोकीले जानकारी दिए। उनका अनुसार बिहानैदेखि भूमे गाउँपालिकाको पहलमा जेसिबीले पहिरो पन्छाइरहे पनि अवरुद्ध सडक खुलाउन सकिएको छैन ।

सडकमा झरेको ढुङ्गा हटाउन ‘ब्रेकर’बिना असम्भव रहेको उनले बताए। ढुंगा फुटाउनका लागि निर्माण व्यवसायीसँग समन्वय गरेर ब्रेकर मगाइएको प्रहरी निरीक्षक बुढाथोकीले बताए । अहिले पनि जेसिबीले पहिरो पन्छाइरहे पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएको उनले जानकारी दिए। 

बिहानैदेखि सडक अवरुद्ध हुँदा एम्बुलेन्स र गाडी अलपत्र परेका छन् । काठमाडौँ, पोखरा, दाङ, रोल्पाबाट आएका र रुकुमपश्चिम, रुकुमकोटबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारी साधन पहिरो खसेको स्थान आसपास अलपत्र अवस्थामा रहेका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए । उनले आवागमन अवरुद्ध हुँदा यात्रु समस्यामा परेका बताए । 

काठमाडौँबाट आएको एम्बुलेन्समा रहेका बिरामीलाई हिँडाएर पहिरो कटाई अटोमार्फत रुकुमकोट पठाइएको प्रजिअ शर्माले जानकारी दिए। जिल्लाका अन्य ठाउँमा झरेको पहिरो छोटो समयमै हटाएर सडक सञ्चालन गरे पनि काँडाबगरमा ठूलो पहिरो झरेकाले पहिरो पन्छाउन समय लागेको उनको भनाइ थियो । सडक वरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १२ : ३३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको