पहिराले मुहान र पाइप बगाउँदा खानेपानीको समस्या « Khabarhub

पहिराले मुहान र पाइप बगाउँदा खानेपानीको समस्या


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– निरन्तर वर्षाका कारण खसेको पहिराले खानेपानी मुहान र पाइप बगाउँदा बागलुङको गलकोट नगरपालिका–११ रिघाको सिङ्गो गाउँमा पानीको समस्या भएको छ । 

रिगा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिराले २५ मिटर पाइप लाइनसहित मुहानलाई क्षतविक्षत बनाएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिए। खानेपानीको समस्या समाधान गर्न विसं २०६८ मा रिघा गाउँदेखि १८ किलोमिटर टाढा गलकोट नगरपालिका–१० पाण्डपवखानीस्थित मूलबाट पानी ल्याइएको उहाँको भनाइ थियो । चार दिनदेखि धारामा पानी नआउँदा छ सय घरका तीन हजार बढी नागरिकले खानेपानीको समस्या भोग्नुपरेको छ ।

‘चार दिनभन्दा बढी भयो गाउँमा पानी आएको छैन, पानी नआउँदा स्थानीयवासीले समस्या भोग्नुपरेको छ, पहिराले २५ मिटर जिआइ पाइप बगाएको छ’, मुहानमा पनि ठूलो क्षति पुर्‍याएको छ’, वडाध्यक्ष श्रीसले भने, ‘गाउँलेलाई तत्कालका लागि खानेपानी समस्या समाधान गर्ने प्रयास गरेका छौँ, निरन्तर वर्षा भइरहेको हुँदा अहिलेसम्म पानी ल्याउन सकिएको छैन, अहिले अस्थायीरुपमा भए पनि पानी ल्याउने प्रयास भएको छ, बर्खा सकिए पछि दीर्घकालीनरूपमा समाधान गर्ने गरि काम गर्नुपर्छ ।’

रिघा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर पुनले चार दिनदेखि पानी नआउँदा सरसफाइ र घरायसी काम गर्न समस्या भएको बताउनुभयो । पहिराले पाइप र मुहान बगाउँदा रिघा गाउँमा १२ वर्ष अगाडिको अवस्था आएको उनको भनाइ थियो। अहिले आकाशे पानीको भरमा स्थानीयवासीले गर्जो टार्ने गरेका छन् ।

अध्यक्ष पुनले भने, ‘गाउँमा पानीको दुःख भयो भनेर धेरै मेहनत गरी टाढाबाट पानी ल्यायौँ, पानी आएपछि गाउँलेले सुखको श्वास फेरेका थिए, अहिले फेरि समस्या आयो, अहिले कोहीले बासी पानी खान्छन्, कोहीले आकाशको पानी खान्छन्, बर्खामा धारा सुख्खा छन्, पुरानो मुलको पानी ल्याउने कोसिस पनि गरिरहेका छौँ ।’

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १ : १६ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)