देशका विभिन्न स्थानबाट लागूऔषधसहित १८ जना पक्राउ « Khabarhub

देशका विभिन्न स्थानबाट लागूऔषधसहित १८ जना पक्राउ


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानबाट लागूऔषधसहित १८ जना पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका ४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित भारत अररिया मज्ररक पञ्चायत १ बौकामज्रक बस्ने ७० वर्षीय भल्लु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका १४ तिनकुने चोक सिर्जनशील टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका १४ घर भएका अर्जुन पुनसमेत तीन जनालाई अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पुनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका ११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ९३ मिलिग्राम र चरेश २८ मिलिग्रामसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका ७ बस्ने २१ वर्षीय भरत बम, सोही ठाउँ बस्ने ३३ वर्षीय विशाल गुरुङ, भीमदत्त नगरपालिका १२ बस्ने १८ वर्षीया किशोरी र डडेलधुरा पर्शुराम नगरपालिका १२ जोगबुढा बस्ने ३१ वर्षीय लक्ष्मण कामी रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा ३ किलो ५ सय ग्रामसहित बारा निजगढ नगरपालिका १ पटिहारी बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङको प्रहरीले बा प्र०३ ००१ ख २७६२ नम्बरको बसमा सवार उनलाई गाँजासहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका १४ हवल्दारपुर बस्ने २७ वर्षीय शैलेन्द्र कुमार गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका ८ सभागृह मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय साजन विश्वकर्मा समेत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका ८ स्याउले बजारमा चम्फा ट्याक्टरको पार्टपुर्जाको पसल गरी बस्ने धनगढी उपमहानगरपालिका ५ हसनपुर घर भएका ३२ वर्षीय शरद चौधरी र सोही बजारमा फेन्सी स्टोर पसल गरी बस्ने ३२ वर्षीय मधुसुदन पन्तलाई अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले चौधरीलाई ६ ग्राम ७ सय ९० मिलिग्राम र पन्तलाई २ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका ५ सत्कार चोकबाट सोही उपमहानगरपालिका ४ बस्ने ३५ वर्षीय भरत चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ९० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको औरही गाउँपालिका ५ दशगजाबाट अवैध लागूऔषध गाँजा करिब १२ किलो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको एक जना अपरिचित व्यक्तिले झोला फाली फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त गाँजा फेला पारेको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  २ : २३ बजे

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक