ब्रेकिङ स्टोरी

तीन दिनभित्र राप्रपा केन्द्रीय कार्यालय रहेको भवन खाली गर्न महानगरको निर्देशन

By खबरहब

July 28, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यालय भवन खाली गर्न काठमाडौँ महानगरपालिकाले निर्देशन जारी गरेको छ ।

महानगरले माइकिङ गरी राप्रपाको केन्द्रीय कार्यालय भवन तीन दिनभित्र खाली गर्न निर्देशन जारी गरेको हो ।

धुम्बाराहीमा रहेको राप्रपाको केन्द्रीय कार्यालय भवन विद्युत प्रसारण लाइनमुनि रहेकाले महानगरले हटाउन निर्देशन दिएको हो । महानगरले यसअघि पनि माइकिङ गरी विद्युत प्रसारण लाइनमुनि रहेका भवन खाली गर्न निर्देशन दिइसकेको छ ।