बिरामीको मृत्यु भएपछि भरतपुरको अस्पतालमा तनाव « Khabarhub

बिरामीको मृत्यु भएपछि भरतपुरको अस्पतालमा तनाव


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

भरतपुर- भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेजमा उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।

चितवनको खैरहनी नगरपालिका–१० बडगाउँकी ३२ वर्षीया शर्मिला हट्वाल उप्रेतीको मृत्युपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

चिकित्सकको लापरबाहीका कारण उप्रेतीको ज्यान गएको आरोप लगाउँदै आफन्तहरूले अस्पताल घेराउ गरेका छन् । आफन्तले अस्पताल घेराउ गरेपछि अस्पतालमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

मृतकका जेठाजु नमराज उप्रेतीका अनुसार साउन ९ गते ज्वरो र पिसाबसम्बन्धी समस्याका कारण शर्मिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले हाइडोजको इन्जेक्सन चलाएको र बिरामीलाई समस्या बढ्दै जाँदा चिकित्सक नभएको नहुँदा बिरामीको ज्यान गएको उनको आरोप छ ।

उनले भने, “अस्पतालको चरम लापरबाहीले सामान्य ज्वरोको बिरामीको ज्यान गएको छ ।” शर्मिलाको बिहीबार साँझ मृत्यु भएको हो । मृत्युपछि अस्पतालले शव बुझ्न आग्रह गरेपछि आफन्तले बुझ्न अस्वीकार गरेका छन् ।

यसैबीच अस्पताल प्रशासन र आफन्तबीच आज वार्ता चलिरहेको छ । अस्पताल परिसरमा आफन्तहरूको ठूलो भीड लागेको छ । मृतक शर्मिलाका श्रीमान्, १० वर्ष र ६ वर्षका दुई छोराहरू छन् । यस सम्बन्धमा अस्पताल प्रशासनसँग सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्कमा आएनन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ६ : १५ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो