कांग्रेस लोकतन्त्रको पक्ष र भ्रष्टाचारको विरुद्धमा बोल्नै नसक्ने अवस्थामा पुग्यो : अध्यक्ष ओली « Khabarhub

कांग्रेस लोकतन्त्रको पक्ष र भ्रष्टाचारको विरुद्धमा बोल्नै नसक्ने अवस्थामा पुग्यो : अध्यक्ष ओली


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतन्त्रको पक्ष र भ्रष्टाचारको विरुद्धमा बोल्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस पहिलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको र लोकतन्त्रको पक्ष र भ्रष्टाचारको विरुद्धमा समेत बोल्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।

उनले अहिले माओवादीको ढाकर बोकेर कांग्रेस लुरुलुरु हिड्नुपरेको तर्क गरे । त्यस्तै, ओलीले यसअघि पार्टी एकीकरण गरेपनि थाक्रोजस्तो भएको बताए । पार्टी एकता गरेपनि वास्तविक रुपमा एकता नभएको र तत्कालीन समयमा प्रचण्डले आफ्नो गुटको बैठक जारी राखेको उनले बताए ।

ओलीले पार्टी र सरकारमा व्यवधान भएपनि देश र जनताका लागि दृढतापूर्वक काम गरेको दाबी गरे । ओलीले एमालेसँग मुलुक बनाउने सही विचार भएकाले पुनः ठूलो पार्टीमा फर्कने दाबी गरे । उनले मौलिक राष्ट्रियधारको प्रतिनिधि एमाले भएकाले देशको अस्तीत्वका लािग पनि एमालेले हार्न नमिल्ने उल्लेख गरे ।

अध्यक्ष ओलीले विभिन्न जनसंगठनहरु पुनर्गठन भएपनि सम्मेलन नभएको भन्दै सम्मेलन नहुने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ६ : २५ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त