उद्योग परिसङ्घअन्तर्गत युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन « Khabarhub

उद्योग परिसङ्घअन्तर्गत युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग परिसङ्घ (सीएनआई) अन्तर्गतको युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन भएको छ ।

अनुराग गोयलको नेतृत्वमा आगामी दुई वर्ष अर्थात् सन् २०२३/२०२४ लागि नयाँ कार्यसमिति गठन भएको हो । नवनिर्वाचित अध्यक्ष गोयल गोयल ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ (मेम्बर इन्टीग्रेसन), सुगम घिमिरे (ग्रोथ एण्ड एक्सपान्सन), संकेत सङ्घाई (फाइनान्स चेयर), निदा दुन मल्ल (कम्यूनिकेसन चेयर), पुनित अग्रवाल (स्टार्टअप चेयर) र सिने खेतान चुरिवाल स्टार्टअप (को–चेयर) निर्वाचित भएका छन् ।

युवा उद्यमी मञ्चले नवप्रवर्तन र युवालाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने गरी काम गर्ने नवनिर्वाचित अध्यक्ष गोयलले बताए । उनले युवा उद्यमीहरुलाई दृढ आत्मविश्वासका साथ काम गर्ने गरी नीतिगत सुधार गर्दै प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसङ्घको युवा सङ्गठन हो । मञ्चको पहिलो अध्यक्ष विष्णुकुमार अग्रवाल रहेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ७ : ०३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ