प्रचण्डले एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, पिए, सबै गरे : ओली | Khabarhub Khabarhub

प्रचण्डले एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, पिए, सबै गरे : ओली


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको पैसा खाएको आरोप लगाएका छन् । शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्डले पार्टी एकीकरण गरेको भएपनि आफ्नो पार्टीलाई जीवितै राखेको टिप्पणी गरे ।

उनले पार्टी एकीकृत हुँदा आफ्नै पार्टीका नेताहरु सरकार ढाल्न लागिपरेको आरोप पनि लगाए । माओवादीसँग एकता भनिएपनि ओलीले तेल एकातिर, पानी एकातिर भएजस्तै पार्टीमा एकता नभएको र हुनै नदिइएको टिप्पणी गरे । आफूहरुले कहिलेपनि छुट्टै भेला बैठक नगरेको भएपनि प्रचण्डले आफ्नो पार्टीको अलग्गै बैठक भेला गरेको उनले आरोप लगाए ।

उनले प्रचण्डले आफ्नो हिसाब किताब नबुझाएको पनि आरोप लगाए । प्रचण्डले रकम कहिल्यै नबुझाएको पनि ओलीको भनाइ छ । ‘एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, एमालेको रकम पिए, सबै गरे’ उनले भने, ‘एमालेमा एक पैसा दाखिल पनि गरेनन्, हिसाब पनि दाखिल गरेनन्, केही पनि दाखिल गरेनन्, कार्यालय पनि दाखिल गरेनन्, बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन्, केही पनि दाखिल गरेनन् ।’

 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ७ : २१ बजे

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

धाविका सुनमायाको नयाँ कीर्तिमानी

कर्णाली –हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया

एआईसीले नेपाल सरकारलाई पठायो पत्र

काठमाडौं – सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी