चालकसहित कालीगण्डकीमा गाडी बेपत्ता | Khabarhub Khabarhub

चालकसहित कालीगण्डकीमा गाडी बेपत्ता


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ ।

अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग२च १०३१ नम्बरको बोलेरो जीप कालीगण्डकीमा बेपत्ता भएको हो । सो गाडीसँगै म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थान घर भएका चालक कमलेश परियार बेपत्ता भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । “भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको छ”, उनले भने, “जीप र चालकको अवस्था अज्ञात छ ।”

प्रहरी, स्थानीयवासी र व्यवसायीको टोली गाडी र चालकको खोजीमा जुटेका छन् । सुमन किराना स्टोर्सका सञ्चालक सुमन श्रेष्ठका अनुसार दानामा सामान पुु¥याएर फर्कंदै गरेको जीपका चालकसँग शुक्रबार दिउँसो ३ बजेसम्म सम्पर्क भएको थियो । तीन बजेपछि सम्पर्क नभएको उनले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : ५१ बजे

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन