मिटरब्याजसम्बन्धी ८१ मुद्दाको टुङ्गो « Khabarhub

मिटरब्याजसम्बन्धी ८१ मुद्दाको टुङ्गो


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

राजविराज – राजविराजमा निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुङ्गो लगाइएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार सप्तरीमा केही दिनयता दैनिकरूपमा छलफल चलाइरहेको अवस्थामा ८१ निवेदन फर्छ्योट भएको जनाएको छ । सप्तरी जिल्लामा मिटरब्याजसम्बन्धी एक हजार पाँच सय ७९ निवेदन परेको छ ।

निवेदन उपर जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनले भने , “अहिले दुई ठाउँमा राखेर छलफल भइरहेको छ, छिटोभन्दा छिटो मुद्दा टुङ्गियोस् भन्ने हाम्रो चाहना छ ।” उहाँका अनुसार मिटरब्याज पीडितले दिएको निवेदनका आधारमा पीडित र पीडकलाई बोलाएर छलफल गर्ने गरिएको छ ।

पीडित र पीडकको तर्फबाट एक/एक, जिल्ला प्रशासन कार्यालयका एक जना र जिल्ला प्रहरी कार्यालयका एक जना राखेर छलफल चलाइएको प्रजिअ थापाले जानकारी दिए । आवश्यक पर्दा मालपोत, नापीका कर्मचारीलाई पनि छलफलमा सहभागी गराइने गरेको उनले बताए । उनका अनुसार अहिलेसम्म आठ सय तीन पटक छलफल भइसकेको छ । उहाँले निवेदन परेका मिटरब्याजसम्बन्धी मध्ये ८१ वटा निवेदन फर्छ्योट हुँदा रु चार करोड ७६ लाख पीडितले साहुलाई तिराएको छ ।

रु दुई करोड ८८ लाख ४४ हजारको तमसुक च्यातिएको छ भने १२ बिघा १२ कठ्ठा १६ धुर जग्गा पीडितलाई फिर्ता भएको प्रजिअ थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : ५५ बजे

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक