लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : उपप्रधानमन्त्री खड्का « Khabarhub

लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : उपप्रधानमन्त्री खड्का


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) नेपालको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको पदस्थापन कार्यक्रममा बोल्दै उनले लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको भूमिका रहेको बताएका हुन् ।

“नेपालको लोकतान्त्रिक आन्दोलनमा डिएलएको ऐतिहासिक भूमिका रहेको छ, यसलाई कांग्रेसले उच्च मूल्याङ्कन गर्दै आएको छ”, उनले भने । पार्टीका उपसभापतिसमेत रहनुभएका खड्काले डिएलएमा आबद्ध कानून व्यवसायीलाई कांग्रेसले आगामी दिनमा उचित मूल्याङ्कन गर्ने बताए । आगामी दिनमा पार्टी डिएलएसँग सरसल्लाह र सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।

कांग्रेस सांसद एवं पूर्वराज्यमन्त्री दीपक खड्काले डिएलएले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसलाई ठूलो सहयोग पु¥याएको बताए । कांग्रेस सङ्खुवासभाका सभापतिसमेत रहेका सांसद खड्काले न्यायाधीश नियुक्ति गर्दा डिएलएसँग परामर्श गरेर अगाडि बढ्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । पार्टीलाई आवश्यक पर्ने कानूनी परामर्शमा डिएलएका साथीहरूले निःशुल्क गर्नसमेत उनले आग्रह गरे ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : ५१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५