लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : उपप्रधानमन्त्री खड्का « Khabarhub

लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : उपप्रधानमन्त्री खड्का


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) नेपालको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको पदस्थापन कार्यक्रममा बोल्दै उनले लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको भूमिका रहेको बताएका हुन् ।

“नेपालको लोकतान्त्रिक आन्दोलनमा डिएलएको ऐतिहासिक भूमिका रहेको छ, यसलाई कांग्रेसले उच्च मूल्याङ्कन गर्दै आएको छ”, उनले भने । पार्टीका उपसभापतिसमेत रहनुभएका खड्काले डिएलएमा आबद्ध कानून व्यवसायीलाई कांग्रेसले आगामी दिनमा उचित मूल्याङ्कन गर्ने बताए । आगामी दिनमा पार्टी डिएलएसँग सरसल्लाह र सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।

कांग्रेस सांसद एवं पूर्वराज्यमन्त्री दीपक खड्काले डिएलएले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसलाई ठूलो सहयोग पु¥याएको बताए । कांग्रेस सङ्खुवासभाका सभापतिसमेत रहेका सांसद खड्काले न्यायाधीश नियुक्ति गर्दा डिएलएसँग परामर्श गरेर अगाडि बढ्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । पार्टीलाई आवश्यक पर्ने कानूनी परामर्शमा डिएलएका साथीहरूले निःशुल्क गर्नसमेत उनले आग्रह गरे ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : ५१ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२