नुन, चिनी र मैदा कम गर्दा आधा रोगबाट बच्न सकिन्छ | Khabarhub Khabarhub

नुन, चिनी र मैदा कम गर्दा आधा रोगबाट बच्न सकिन्छ


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

हामी सबैलाई स्वस्थ रहन मनलाग्छ र हुनुपर्छ। स्वस्थ शरीरका लागि स्वस्थ खाना खानु पर्दछ। हामीले बाँच्नको लागि खानेकुरा खाने होइन शरीर स्वास्थ्य र तन्दुरुस्त राख्नका लागि पनि उचित खानपानको आवश्यकता पर्छ। हामी के र कस्तो खान्छौँ भन्ने मात्र नभई कसरी खान्छौँ भन्ने कुरालेसमेत निकै महत्व राख्दछ। अहिले स्वाद मेट्ने चक्करमा खराब खानेकुरा खानुु भनेको रोग निम्त्याउनु हो। जानेर वा नजानेर हामी यस्तै खानेकुरा खाइरहेका हुन्छौँ। रेस्टुरेन्ट वा बाहिरको खानेकुरा दैनिक रूपमा खानु स्वास्थ्यकर नमानिने चिकित्सकको भनाइ छ। कस्तो खाना खाँदा हामीस्वास्थ्य र निरोगी हुन्छौं? खानपानमा कसरी ध्यान दिने ? यी र यस्तै विषयमा आधारित भएर खबरहबका लागि डा. जनक बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश :

स्वस्थ जीवनका लागि कस्तो खाना खानु पर्ने हो ?
सबै भन्दा पहिला खानामा के खाने र के नखाने भनेर जान्नुपर्छ। खानाको पनि मात्रा हुन्छ। कति मात्रामा खाने कुन समयमा खाने त्यो कुराले पनि हाम्रो स्वास्थ्यमा असर पारेको हुन्छ। त्यसैले खाना एकदमै राम्रो छ तर त्यसलाई खान जानिएन र ठिक समयमा खाइएन भने स्वास्थ्यमा प्रतिकुत असर गर्न सक्छ। त्यसैले हामीले सकेसम्म प्रकृतिले नै दिएको प्राकृतिक रूपमा पाउने भोजनलाई प्राकृतिक गुण नष्ट नगरी खानु राम्रो हुन्छ। मौसम अनुसारका फलफूल ठाउँ अनुसारका बाली, तरकारी खाने, स्थानीय खानेकुरा खाने, घरमा नै बनाएको खाना खाने,रोटी दालभात तरकारी, भुटेको मकै जस्ता खाने कुरा खाने गर्नुपर्छ।

कस्तो खानाले स्वास्थ्यमा समस्या निम्त्याउने हो ?
हामी जस्तो खाना हामी खान्छौँ त्यस्तै नै हाम्रो शरीर हुन्छ। त्यसैले जीवनको आधार नै खाना हो। शरीर स्वस्थ राख्नका लागि स्वस्थ खाना खानु पर्दछ। खानपानमा विशेष ध्यान नदिँदा मधुमेह, मुटुको रोग, ग्यास्ट्रिक, कोलेस्ट्रोल जस्ता रोगहरू लाग्छन्। खानामा बढी ध्यान नदिँदा नै धेरै रोग लाग्छन्। बढी चिल्लो भएका खाना, होटेलका खाना, लामो समयसम्म प्याकिङ गरेका खाना खानाले स्वास्थ्यमा असर हुन्छ। बाहिरका खाना धेरै खानु हुँदैन।

यदि बाहिर खाना खानै परे कस्तो खाना खाने ?
बाहिर हिँड्दा पनि हामीलाई भोक लाग्छ र खाना खानुपर्ने हुन्छ। यसको लागि बोक्रा फालेर खाने केराहरू खान सकिन्छ। सुख्खा खाना, (काजु, किसमिस र छोकडा) बोक्रा फालेर खाने कुराहरू चनाहरू खान सकिन्छ। राम्ररी धोएर स्याउहरू खान सकिन्छ। हामीले स्वस्थ खाना खान खोज्यौँ भने प्रशस्तै मात्रामा पाउँछौँ। तर हाम्रो मःम, चाउचाउ खाने बानी भइसकेको छ।

बिहान बेलुका दिउँसो कस्तो खाना खाँदा स्वस्थ भइन्छ ?
बिहानको खाना खाएर दिन भरी काम गर्नुपर्ने हुन्छ। काम गर्न शरीरलाई ऊर्जा चाहिन्छ। त्यसको लागि र पाचन शक्ति पनि बलियो हुने हुनाले बिहानको खाना अलि पोसिलो (शक्ति दिने)कुरा खानुपर्दछ। त्यसैले बिहानको खाना सकेसम्म हेबी खानुपर्छ। दिउँसोको लागि बिहानको भन्दा अलिकति हल्का खाना खानुपर्छ।

बेलुकाको खाना छिटो हलुङ्गो खानुपर्छ। सुत्नु भन्दा तीन घण्टा भन्दा पहिला खानु राम्रो हुन्छ। बेलुकाको खानाले धेरै रोग लाग्छ। विशेष गरी हामीले खाने खानामा तेल, मैदा र चिनीबाट बच्न सकियो भने धेरै रोगबाट बच्न सकिन्छ। स्वास्थ्य शरीरका लागि फाइबरयुक्त खाना खानुपर्छ।

नुन र चिनीले पछिल्लो समय धेरै समस्या ल्यायो भनिन्छ हो ?
प्राकृतिक चिकित्सामा नुन, चिनी र मैदालाई (ह्वाइट पोइजन) भनिन्छ। यसले एकै पटक असर गर्ने होइन विस्तारै असर गर्दछ। ३÷५ ग्रामसम्म नुन खायो भने हामीलाई पुग्छ। तर ३० ग्रामसम्म खाने गरेको नेपालको तथ्याङ्कमा देखिन्छ। त्यसैले नुनलाई कम गर्नु पर्दछ। चिनीबाट बनेका कुराले स्वास्थ्यमा धेरै समस्या ल्याउँछ।

चिनीले मधुमेह, मोटोपनाको समस्या देखिन सक्छ। शरीरमा सुगर अर्थात् मधुमेह देखियो भने अन्य धेरै रोगको जन्म हुन्छ। त्यसैले चिनीको प्रयोग कम गरौँ। मैदाबाट बन्ने खाने कुराहरू कम स्वास्थ्य शरीरका लागि धेरै राहत मिल्छ। नुन, चिनी र मैदा कम प्रयोग गर्दा आधा भन्दा बढी रोगबाट बच्न सकिन्छ।

फाइबर खानामा के के पर्छन् ?
हरियो साग सब्जीमा धेरै फाइबर पाइन्छ। त्यसमा पनि बोक्रासहित खान मिल्ने तरकारीमा धेरै फाइबर पाइन्छ। हरियो साग, फर्सी, घिरौँला र हरिया फलफूलमा पनि फाइबर पाइन्छ। अन्नमा रिफाइन नगरेको जस्तो चामल पोलिस गरेको भन्दा, ब्राउण्ड राइसको प्रयोग गर्नुपर्छ।गहुँको मैदालाई भन्दा आटालाई प्राथमिकता दिनुपर्छ। यसरी तरकारी र खाने कुराहरू मिलाएर खाँदा फाइबर, भिटामिन र मिनिरल पाइन्छ।

हामी स्वास्थ्य बन्नका लागि विशेष ध्यान दिनुपर्ने उपाय के छन् ?
स्वस्थ हुने उपाय हाम्रो हातमा नै छ। स्वस्थ रहन विशेष गरेर केही आधार अपनाउने गर्नुपर्छ।आहार जसमा स्वस्थ खानपान, बिहारमा शारीरिक व्यायाम त्यसपछि विश्राममा समयमा सुत्ने र आराम गर्ने त्यसपछि विचार जसमा मानसिक चिन्ता कम गर्ने र अन्त्यमा विकार यो भनेको शरीरलाई समय समयमा सफा गर्ने हो। यी कुरालाई व्यवस्थापन गर्न सक्यौं भने स्वस्थ हुन्छौँ। प्रमुख विषय भनेको खाना नै हो। खानामा विशेष ध्यान दिने गर्नु पर्दछ। खानामा नै ध्यान दिने हो भने कुनै रोग लाग्दैन। यदि रोग लगिहाल्यो भने पनि उपचार चाँडो हुन्छ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : ०० बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह