वाग्नर नेताको रहस्यात्मक मृत्यु | Khabarhub Khabarhub

वाग्नर नेताको रहस्यात्मक मृत्यु


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वाग्नरका प्रमुख याभगेनी प्रिगोझिनको विमान विस्फोटका कारण मृत्यु भएको पुष्टि भएको छ। रुसी अधिकारीले पनि यसको पुष्टि गरिसकेका छन्। अनुसन्धान समिति एसकेले निधन भएका १० जनाको पत्ता लगाएको छ। प्रिगोझिनको निजी विमान मस्कोमा उत्तर पश्चिममा २३ अगस्टका दिन झरेको थियो।

एसकेले यसको अनुसन्धान अझै जारी रहेको जनाएको छ। यो पुष्टि गर्नका लागि मोलीक्युलर डिएनए परीक्षण पनि भएको छ। विस्फोटमा वाग्नरका सिनीयर अफिसियल प्रतिनिधि मरेको जनाइएको छ।

मृतकमध्ये वाग्नर सैन्य अपरेसनको नेतृत्व गर्ने डिमिट्री उक्टीन लगायत छन्। वाग्नरका सदस्य भालेरी भालेरी चेकलोभ, सर्जी प्रोपोसन, याभ्गेनी, मकारायन, अलेक्जेन्डर टोटमिन र निकोलाई माटुसायेभ छन्।

एलेक्सी लेभिसिनले चलाएको सो विमानमा को पाइलट रुस्टम कारीमोभ थिए। फ्लाइट एटेन्डेड क्रिस्टीना रास्पोपोभा पनि विमानमा थिइन्।

अमेरिकाले भने प्रिगोझीनको हत्या भएको आशङ्का गरेको छ। पेन्टागनकै अनुसार उनी चढेको विमान विस्फोट गराइएको हुनसक्छ। क्रेमलीनका प्रवक्ता डिमिट्री केस्कोभले यी सबै हल्ला निराधार भएको दाबी गरे। रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले शोक सन्तप्त परिवारप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्।

सन् २०१४ मा प्रिगोझिनले वाग्नर समूहको स्थापना गरेका थिए। रुसमा निजी सेना अवैध मानिए पनि यो समूह २०१४ मा दर्ता भएको थियो। एकदमै धनी प्रिगोझिनलाई पुटिनलाई मार्न खोजेको आरोप लागेको थियो। उनले नै पुटिनलाई खाना उपलब्ध गराउँथे। कुनै समय रुसको स्पेसल जत्थामा रहेका डिमिट्री उट्किन प्रिगोझिनका पहिलो फिल्ड कमान्डर हुन्।

समूहमा रहेका धेरै जना रुसको स्पेसल फोर्समा रहेका छन्। फोर्समा पाँच हजार सेना आबद्ध रहको जनाइन्छ। सन् २०२२ मा प्रिगोझिनले वाग्नरको निम्ति युक्रेनमा लडाइँ गर्नका लागि जेलबाट कैदीहरू भगाएका थिए।

वाग्नरको सिरिया, माली, मध्य अफ्रिका रिपब्लिक र मालीमासमेत प्रभाव छ। रुसका अधिकारीले प्रिगोझिन र अन्य ९ जना मस्कोबाट सेन्ट पिटर वर्ग जाने क्रममा टेभर प्रान्तमा मृत्यु भएको जनाएका छन्।

पछिल्लो समय वाग्नरको सिपाहीलाई मात्र जोखिमपूर्ण रूपमा खटाइएको आरोप लगाउँदै प्रिगोझिनले रुसी सैन्य प्रमुख भालेरी गिरेसीमोभ र रक्षा सचिव सर्गी रुगोभको आलोचना गरेका थिए। यसपछि बेलारुसको नेता अलेक्जेन्डर लुकासेन्कोको मध्यस्थतामा उनको रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग वार्ता अघि बढेको थियो। पुटिनले दुई वटा विकल्प अघि सारेका थिए। बेलारुमसा जान या रुसी सेनामा आबद्ध हुन दुई विकल्प उनले अघि सारेका हुन्। सो विस्फोट अघि अमेरिकी गुप्तचरले वाग्नर समूहले युक्रेनमा युद्ध नगर्ने जानकारी पाएको थियो।

टेसेल र ब्रेट्सीको क्याम्पमा नै वाग्नर सीमित रहने अनुमान गरिएको थियो। २०२३ को मेमा बटमुखमा भएको लडाइँमा वाग्नरले रुसको पक्षमा लडाइँ गरेको थियो। उनीहरूले सो स्थान कब्जा पनि गरेका थिए। २०२३ को जुनमा भने वाग्नरले विद्रोह गरेको थियो। मस्कोको रस्टम अन डान उनीहरूले कब्जामा लिएका थिए।

बेलारुसको दक्षिणी भाग टासेल र ब्रट्सीमा वाग्नर समूह पछिल्लो समय रहेको अनुमान गरिएको छ। बेलारुसको रक्षा मन्त्रालयले जनाए अनुसार उनीहरूले त्यहाँ कुनै विशेष जत्थालाई प्रशिक्षण दिइरहेका छन्। जुलाईमा बेलारुसमा आफ्नो कुरा राख्ने क्रममा प्रिगोझिनले आफ्नो समूहको अबको लक्ष्य अफ्रिका भएको बताएका थिए।

सन् २०२१ को डिसेम्बरदेखि वाग्नरका १ हजार जना सेना पश्चिम अफ्रिकाको मालीमा छन्। इस्लामिक समूहसँगको झडपका लागि उनीहरूलाई त्यहाँ लगिएको हो।

संयुक्त राष्ट्र सङ्घ र फ्रेन्च भासी सेनाको स्थानमा वागनरलाई मालीको सरकारले पत्याएको हो। अल काइदासँग सम्बन्धित जम्मासँग वाग्नरले नुस्रात अल इस्लाममा धेरै पटक भिडन्त गरेको थियो। पछिल्लो समय वाग्नरले एउटा भिडियो बनाउँदै आफूहरू अल कायदाका लागि दुःस्वप्न भएर उदाउने बताएका थिए।

यसैगरी मध्य अफ्रिका गणतन्त्रमा एक हजार जना वाग्नरका सेना छन्। उनीहरू अफिसर युनियन फर इन्टरनेसनल सेक्युरिटी भन्दा पछि रहेर काम गर्छन्। त्यहाँको आपूर्तिमा सहयोग गरिरहेको सो समूहले विद्रोही समूहसँग लड्नका लागि सरकारी सेनालाई सहयोग गरी रहेको छ।

मिग्डास भनिने वागनरकै समूहले देश भित्र सुन खनिज पत्ता लगाएर आर्थिक श्रोतको जोहो पनि गरेको थियो। वाग्नरको समूह सन् २०१७ देखि सुडानमा पनि छ। त्यहाँ उनीहरूले सरकारी सेनालाई सहयोग गरिरहेका छन्। सन् २०१७ मा सुडान सरकारले प्रिगिझनेकै कम्पनी एम इन्भेस्टसँग सुन खानी उत्खननका लागि सम्झौता गरेको थियो।

सन् २०२० मा अमेरिकाले उनीहरूमाथि प्रतिबन्ध लगाएको थियो। लीबीयामा वाग्नरले जनरल खालिफा हफतारको समूहलाई सहयोग गरिरहेको छ। सन् २०१५ मा सिरियामा रहेको सो समूहले तेल खानीलाई सुरक्षा दिइरहेको छ। अमेरिकी खजानाले जनाए अनुसार वाग्नरले त्यहाँ सुन र ग्यासमार्फत नै धेरै सम्पत्ति आर्जन गरेको छ।

युक्रेनका अभियोजकका अनुसार तीन जना वाग्नरका सेना रुसी सेनासँग मिलेर सर्व साधारणलाई यातना दिने र मार्ने काममा सन् २०२२ को अप्रिलमा तल्लीन नै थिए। जर्मनको गुप्तचरको अनुसार सो समूह सन् २०२२ को मार्चमा बुचामा नरसंहार गर्नमा पनि केन्द्रित थियो।

सन् २०२० मा वाग्नर लिबियाको राजधानी ट्रिपोली वरपर बारुदी सुरुङ बिछ्याएको आरोप अमेरिकी सेनाले लगाएको थियो।

सन् २०२३ मा बेलायतले वाग्नर समूहलाई प्रतिबन्ध नै लगाएको थियो। माली र कारमा ज्यादती गरेको भन्दै बेलायतले वाग्नरलाई प्रतिबन्ध लगाएको हो।

वाग्नरका ६२ वर्षीय नेता प्रिगोझिनको विगत पनि आपराधिक गतिविधिमै केन्द्रित छ। डकैती गरेको आरोपमा उनले १२ वर्ष जेल सजाय कटाइ सकेका थिए।

सन् १९९० को दशकमा उनले सेन्ट पिटरवर्गमा रेस्टुरेन्ट व्यवसाय सुरु गरेका थिए। त्यसपछि रुसी राष्ट्रपतिसँग दरिलो सम्बन्ध बनाएर प्रगतिको सुरुवात गरेका थिए।

डरलाग्दो जीवन कहानी भएको प्रिगा्झिनको मृत्यु पनि त्यत्तिकै डरलाग्दो बन्यो। उनको मृत्यु पीडादायक पनि। उनको मृत्युको कारण लामो समयपछि मात्र खुल्ने छ। उनको मृत्यु दुर्घटना मात्र थियो या रुसी सरकारसँग बिग्रिएको सम्बन्धका कारण सरकारकै योजना थियो भन्ने विषय सायद धेरै समय पछि प्रस्ट हुनेछ।
स्रोत : बीबीसी, अल जजीरा

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ८ : ५८ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय