क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल « Khabarhub

क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

चितवन– सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन । अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको छ, यहाँको भरतपुर अस्पताल । 

पछिल्लो समय अस्पतालले सरसफाइ तथा सौन्दर्यका साथै क्षमता बिस्तार र गुणस्तरीय सेवा सुविधामा विशेष ध्यान दिएको छ । जसको नतिजा अस्पतालको प्रवेशद्वारदेखि नै देख्न सकिन्छ । अस्पतालले निर्माण गरेको सुन्दर प्रवेशद्वार, पानीको फोहोरा र बगैँचाले अस्पतालको सुन्दरता बढाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालले शय्याको सङ्ख्या वृद्धि गर्ने, सेवा सुविधा बढाउने र सहज तथा सुलभ उपचार दिने उद्देश्य अनुरूप क्षमता तथा सेवा बिस्तारसँगै सौन्दर्यमा पनि विशेष ध्यान दिइएको जानकारी दिए । 

विसं २०४९ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको अस्पतालमा तत्कालीन समयमा १२ शय्याको आकस्मिक कक्ष थियो । हाल त्यसलाई बढाएर ५० शय्याको अत्याधुनिक आकस्मिक कक्ष बनाइएको उनको भनाइ छ । साथै २० शय्याको सघन उपचार कक्षलाई बढाएर ३० शय्याको बनाइएको छ । हाल दुई ठाउँमा सघन उपचार कक्ष सञ्चालनमा  छन् । 

त्यति मात्रै होइन, १२ शय्याको बाल सघन उपचार कक्षलाई २० शय्या बनाइएको छ भने हाल अस्पतालमा छ शय्याको पिआईसियु पनि सञ्चालनमा ल्याइएको छ । यस्तै पहिलो पटक चार शय्याको सिसियु र तीन शय्याको ‘बर्न बार्ड’ सञ्चालनमा ल्याइएको छ । यही भदौबाट मुटुरोग विभाग पनि सञ्चालनमा ल्याइएको अस्पतालको भनाइ छ । 

प्रा डा पौडेलका अनुसार सेवा सुविधा बिस्तार गर्ने क्रममा यसैवर्ष क्याथल्याव सञ्चालन गरिनेछ भने अत्याधुनिक ट्रमा सेन्टर पनि निर्माणको प्रक्रियामा छ । अस्पतालले रोटरी क्लबसँगको सहकार्यमा अर्को वर्षको असारसम्म सुविधा सम्पन्न स्पाइनल इन्जुरी सेन्टर सञ्चालन गर्ने तयारी गरेको छ । ‘प्रयोगशालालाई उच्चस्तरको आधुनिक बनाइएको छ भने १२ शय्याको डायलासिस बढाएर १७ शय्याको पुर्‍याइएको छ’, पौडेलले भने, ‘केही दिनमै यसलाई २० शय्या बनाइनेछ ।’

पौडेलका अनुसार अस्पताल प्रसूतिका लागि पनि परिचित छ । यहाँ विभिन्न जिल्लाबाट प्रसूतिका लागि ठूलो सङ्ख्यामा सेवाग्राही आउने गरेका छन् । सोही विषयलाई ध्यानमा राख्दै प्रसूति विभागमा शय्या र कक्ष आधुनिक बनाइएको उनले जानकारी भने । अस्पतालमा सुरक्षित बनाउन प्रवेशका लागि ‘डिजिटल कार्ड प्रणाली’को व्यवस्था गरिएको उनको भनाइ छ । अस्पतालमा दुई मोडुलरसहितका सात शल्यक्रिया कक्ष सञ्चालनमा छन् ।

अस्पताल परिसरमा निर्माण गरिएको बगैँचाले अस्पतालको सौन्दर्य बढाएको छ भने सेवाग्राहीलाई पनि सहज भएको उनको बुझाइ छ । अस्पतालमा हाल पाँच वटा फार्मेसी सञ्चालनमा छन् । अस्पतालले चालु आर्थिक वर्षभित्रै एमआरआई मेसिन ल्याउने योजना बनाएको डा पौडेलले जानकारी दिए । 

प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई अनलाइनबाट टिकट काट्ने व्यवस्था र कार्डबाटै भुक्तानीको व्यवस्था गरिएको छ । अस्पतालमा भदौ ३ गते एक दिनमा सबैभन्दा धेरै दुई हजार तीन सय ८० बिरामीले बहिरङग सेवा लिएका थिए । अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क छ । अस्पतालमा रहेका छ सय शय्यामध्ये चार सय निःशुल्क गरिएको छ । 

हाल अस्पतालमा एक हजार ६१ चिकित्सक तथा कर्मचारी कार्यरत छन् । तीमध्ये नेपाल सरकारका तीन सय ९८  चिकित्सक तथा कर्मचारी छन् । पौडेलले दरबन्दी थप हुने हो भने अझ राम्रो सेवा दिन सकिने बताए । 

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिएको र अतिविशिष्ट सेवा सञ्चालनमा ल्याएपछि उनी उपचार गराउने बिरामीको सङ्ख्या बढेको बताए । उनले सरकारी अस्पतालमध्ये पहिलो पटक यस अस्पतालमा साधारण बहिरङ सेवा (जिओपिडी) सेवा सुरु गरिएको बताए । बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म सञ्चालन हुने गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  २ : ०५ बजे

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा