गौर घटनाका पीडितले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने प्रभु साहको चेतावनी | Khabarhub Khabarhub

गौर घटनाका पीडितले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने प्रभु साहको चेतावनी


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका पीडितहरूले देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै साहले सत्ता जोगाउनका लागि गौर घटनाको अनुसन्धानबाट पछि हट्ने षड्यन्त्र भइरहेको भन्दै देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका हुन्  । उनले गौर घटनाका पीडितसँग प्रधानमन्त्रीले बालुवाटारमा सहमति गरेपनि कुर्सी हल्लिने भएपनि पछि हटेको जिकिर गरे ।

गौर घटनामा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानबिन समेत हुन नसकेको उनको भनाइ छ । साहले विभिन्न प्रकरणहरू लुकाउनका लागि सरकारले नयाँ नयाँ प्रकरण ल्याउने गरेको तर्क गरे ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणको रेकर्ड सरकारसँग रहेपनि ठूला व्यक्तिहरूलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । राजतन्त्र फालेपनि अहिले छाटेराजाहरुको शासन रहेको र जनता लाचार भएको टिप्पणी गरे । उनले अहिलेको शासन प्रणालीबाट देशको हित सम्भव छ कि छैन भन्ने बहस हुनुपर्ने बताए । साहले सदनमा प्रतिपक्षी र सत्तापक्ष देखाउनका लागि मात्रै भएको र भागबन्डामा एक हुने गरेको तर्क गरे ।

उनले लोकतन्त्रमा कानूनी शासन हुने भएपनि संविधानलाई नेताहरूले खल्तीमा हालेर हिँडेको जिकिर गरे । सर्वोच्चले कोशीमा गैरसंवैधानिक काम भएको भनेपनि राज्य र दलहरू सचेत हुन नसकेको उनको भनाइ छ ।  

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ६ : १६ बजे

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका

पाकिस्तानमा विनाशकारी बाढीको कहर

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको

नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक